बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जुनियर वरियतामा प्रिन्सको फड्को

मङ्गलबार, २२ पुस २०७६, ११ : ५५
मङ्गलबार, २२ पुस २०७६

काठमाडौं । नेपालका युवा ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल विश्व ब्याडमिन्टन महासंघको वरियतामा उल्लेख्य सुधार गरेका छन् । 

महासंघले हालै सार्वजनिक गरेको जुनियरतर्फको नयाँ वरियतामा प्रिन्स १४औं स्थानमा उक्लिएका छन् । 

यसअघि ३२औं स्थानमा रहेको प्रिन्सले वरियतामा ठूलो फड्को मारेका हुन् । विश्व वरियतामा नेपाली खेलाडीले हासिल गरेको यो सबैभन्दा राम्रो स्थान हो ।

 १७ बर्षीय प्रिन्सले अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनले चारमिहना अघि दुवई इन्टरनेसनल सिरिज जितेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप