सिन्धुलीमा स्काभेटरहरुमा आगजनी गरेको आरोपमा विप्लव समूहका नुवाकोट जिल्ला सेक्रेटरी पक्राउ
मङ्गलबार, २२ पुस २०७६, ११ : ११
काठमाडौँ । प्रतिबन्धित नेत्र विक्रम चन्द 'विप्लव' समूहका नुवाकोट जिल्ला सेक्रेटरी अशोक भन्ने विन्तोष सिलवाल सोमबार तार्केश्वरको पैयुटारबाट पक्राउ परेका छन् ।
२०७५ साउन ८ गते सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ मा रोकिराखेको स्काभेटरहरुमा आगजनि गरी क्षति पुर्याएको आरोपमा सिलवाललाई प्रहरीको विशेष ब्यूरोले पक्राउ गरेको हो ।
सिलवाललगायत अन्य व्यक्तिहरुले कालिका कन्स्ट्रक्सनका सडक निर्माण कार्यमा प्रयोग गरिएका सवारी साधनमा बम र आगजनी गरेका थिए ।
त्यसयता सिलवाल फरार थिए । पक्राउ परेका सिलवालमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै विशेष ब्यूरोले मोरङ केराबारी गाउँपालिका– १० बाहुनी घर भएका ४२ वर्षीय देव कुमार लिम्बुलाई पनि सोमबार पक्राउ गरेको छ ।
लिम्बुलाई हातहतियार तथा खरखजना संगठित अपराधमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्मा कांग्रेसले असभ्य व्यवहार देखायो : ओली
-
राष्ट्रियसभा बैठक आइतबारसम्म स्थगित
-
आपसी सहकार्यलाई अझ सुदृढ बनाउँदै लैजानुपर्छ : प्रधानन्यायाधीश श्रेष्ठ
-
प्रधानमन्त्रीले छलफलका लागि कांग्रेसका नेताहरूलाई बोलाए
-
बानेश्वरमा राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठक
-
सुर्खेत गोलीकाण्डका मुख्य अभियुक्त गिरी पक्राउ