दरबार हत्याकाण्डस्थल हेर्न वर्षदिन कुर्नुपर्ने

अबको एक वर्षपछि दरबार हत्याकाण्ड भएको विस्तारित स्थान सर्वसाधारणलाई खुला हुने भएको छ । राजा वीरेन्द्रको वंशविनाश हुनेगरी २०५८ साल जेठ १९ गते भएको हत्याकाण्ड स्थल विलियार्ड बैठकसँगै जोडिएको त्रिभुवन सदनको निर्माणको गति हेर्दा एक वर्षको हिसाब निस्किएको हो ।
युवराजधिराज पद पाइएपछि छुट्टै बस्ने परम्पराअनुसार दीपेन्द्र १८ वर्ष उमेर पुगेपछि त्रिभुवन सदनमा बस्दै आएका थिए । दीपेन्द्रको निजी निवासको रुपमा रहेको सो सदन दरबार हत्याकाण्डपछि तत्कालिन राजा ज्ञानेन्द्रले पूर्ण रुपले भत्काउन लगाएका थिए ।
नारायणहिटी दरबार तथा गणतन्त्र स्मारक व्यवस्थापन विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालका अनुसार बिलियार्ड बैठकबाट भ¥याङ चढेर भित्रुवन सदनको दीपेन्द्र बस्ने कक्ष पुग्ने जुन संरचना थियो, त्यसलाई उही नाप–नक्सामा तयार पारिएको छ, हत्याकाण्डअघि त्रिभुवन सदनजस्तो अवस्थामा रहेको थियो, सोही संरचना खडा हुनेछ । यो समाचार आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म