बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नागढुंगाबाट चरेशसहित १ जना पक्राउ

सोमबार, २१ पुस २०७६, १९ : ३१
सोमबार, २१ पुस २०७६

काठमाडौं । नेपाल प्रहरीले नागढुङ्गाबाट चरेशसहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभागबाट खटिएको टोलीले धादिङबाट काठमाडौँ आउँदै गरेको प्रदेश ३–०१–००५ ख ९५७३ नम्बरको यात्रुबाहक बसमा अवैधरुपमा चरेश ल्याउँदै गरेको अवस्थामा पर्सा छिपरमाई गाउँपालिका–६ का ३४ वर्षीय शम्भु साहलाई आज दिउँसो पक्राउ गरेको हो ।  

महानगरीय प्रहरीवृत्त थानकोटका प्रमुख, प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले झोलामा लुकाएर ल्याएको अवस्थामा ५०० ग्राम चरेशसहित साहलाई पक्राउ गरेको जानकारी दिए । पक्राउ परेका साहलाई लागुऔषध (नियन्त्रण ऐन) २०३३ अनुसार कारवाही गरिएको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप