बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा फत्तेपुरमा बिमा दावी रकम भुक्तानी

सोमबार, २१ पुस २०७६, १८ : ३९
सोमबार, २१ पुस २०७६

फत्तेपुर– सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा पुस २० गते बाँकेको फत्तेपुरमा एक कार्यक्रमका बीच बिमा जागरण अभियान तथा मृत्युदावी भुक्तानी कार्यक्रम गरेको छ ।

बिमित एलिश थारुको प्रस्तावक आशाराम थारुको असोज २१ मा मृत्यु भएको हुँदा मासिक आय सुविधा र क्रिया खर्च रकम वापत कम्पनीका महाप्रबन्धक कमलराज गौतमले मृतककी श्रीमती सीता थारुलाई ३१ हजारको चेक हस्तान्तरण गरे ।

साथै कम्पनीद्वारा नेपालगंजमा बिमा जागरण तथा अभिकर्ता अन्र्तक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा उत्कृष्ठ अभिकर्ताहरुलाई सम्मान गर्नुको साथै महाप्रबन्धक कमलराज गौतमले जीवन बिमाको महत्व वारे जानकारी दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप