नेपालले त्रिकोणात्मक श्रृंखला अघि मलेसियासँग खेल्ने

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले मलेसियासँग अभ्यास खेल खेल्ने भएको छ । मलेसियन टोली सुनसरीको इनरुवामा जारी मनमोहन स्मृति (एमएम) कप एकदिवसीय क्रिकेट खेल्न यही पुस २४ गते नेपाल आउँदैछ । यही मौकामा मलेसियाले पोखरामा नेपालको राष्ट्रिय टोलीसँग तीनवटा एक दिवसीय क्रिकेट खेल्न लागेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । खेलको मिति भने छिट्टै तय गरिने बताइएको छ ।
विश्वकप लिग २ अन्तर्गत माघ २२ देखि २९ गतेसम्म टियु मैदान कीर्तिपुरमा नेपाल, ओमान र अमेरिकाबीच त्रिकोणात्मक श्रृंखला हुनेछ । सहभागी टोलीले एकआपसमा दुईदुई खेल खेल्ने छन् । नेपालले आफ्नो पहिलो खेल २२ गते ओमानसँग, दोस्रो खेल २५ गते अमेरिकासँग, तेस्रो खेल २६ गते ओमन र चौथो खेल २९ गते अमेरिकासँग खेल्नेछ । नेपाली टोलीको प्रशिक्षण पोखरामा सुरु भएको छ । विश्वकप लिग २ का लागि अहिले कीर्तिपुरको मैदान मर्मत भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबारदेखि नेता कोइराला सुदूरपश्चिमका कार्यक्रममा व्यस्त हुने
-
कप्तान रोहित शर्माले बनाएको कुल रनभन्दा जसप्रित बुमराहले लिएको विकेट बढी !
-
सीजीको ‘क्रिकेटको मज्जा दोब्बर’ अफरमा एनपीएल टिकट वितरण
-
परराष्ट्रमन्त्री राणा दिल्लीमा, प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे छलफल होला ?
-
मेलम्चीको पानी आपूर्ति : ‘पाइप लाइन’ को काम शीघ्र पूरा गर्न निर्देशन
-
भ्रष्टाचार मुद्दाको सजायविरुद्ध पुनरावेदन गएका सार्कोजीलाई झट्का