अष्ट्रेलियाको डढेलोबाट बाँचेका कंगारु खाना र पानीका लागि भौंतारिँदै (फोटोफिचर)
अष्ट्रेलिया । अष्ट्रेलियामा चार महिनादेखि लागेको भीषण डढेलो नियन्त्रणमा आउन सकेको छैन । आगलागीमा परी हालसम्म २५ जनाको मृत्यु भएको छ भने २५ सय घर जलेर नष्ट भएका छन् । युनिभर्सिटी अफ सिड्नीको अनुसन्धानअनुसार आगलागीका कारण ५० करोड जीवको मृत्यु भइसकेको छ भने जनावरहरुको संख्या पनि उत्तिकै छ । केही जनावर त लोप हुने खतरामा छन् ।
नोभेम्बरको अन्तिमतिरबाट आगो नियन्त्रणमा आएको टुउम्बा क्षेत्रको क्रिसबुक बाँध क्षेत्रमा बाँच्न सफल केही जनावरहरु खानाको खोजीमा निस्किएका छन् । जुन क्षेत्रमा लगातार तीन हप्तासम्म आगो लागेको थियो ।
आगोले जलेर घाइते भएका यी जनावरहरु खानाका लागि भौतारिरहेका देखिन्छन् । खानाको अभावमा दुब्लाएका यी जनावरहरु हरियो घाँस पलाएको ठाउँमा चर्नमा निस्किएका छन् । आगलागी भएको क्षेत्रमा पानीका तालहरु सुकेपछि तिर्खाएका कंगारुहरु अहिले जताततै पानीको खोजीमा भौतारिरहेको दृष्य देख्न सकिन्छ ।
अस्ट्रेलियाका विभिन्न राज्यमा आगलागी जारी रहँदा आइतबार न्यु साउथ वेल्सको सिड्नी र मेलबर्नमा पानी परेको छ । पानी परेसँगै त्यहाँका बासिन्दामा खुसी छाएको छ ।
-अष्ट्रेलिया टुउम्बाबाट सरोज पन्त
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्पताल परिसरमा इजरायली कारबाही, एक हप्तामा २ सय व्यक्तिको मृत्यु
-
एक वर्षमा ५ हजार १५० वटा गम्भीर प्रकृतिका अपराध
-
एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार २१ परीक्षार्थी अनुपस्थित
-
राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दिइन् पदबाट राजीनामा
-
काठमाडौँको छाउनीमा सर्जन डा.प्रतिभा धौभडेल मृत फेला
-
शिक्षा मन्त्रीले सोधिन् मन्त्रालयका २० जना कर्मचारीलाई स्पष्टीकरण