शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

दोहोरो अङ्कले घट्यो सेयर बजार

आइतबार, ०४ असार २०७४, १६ : १३
आइतबार, ०४ असार २०७४

काठमाडौँ - केही दिन अघिदेखि घट्दो क्रममा रहेको सेयर बजार आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्चेन्जका अनुसार आज शेयर बजार १३।६१ बिन्दुले घटेर एक हजार ५७५ मा पुगेको छ । 

कुल १४३ कम्पनीको आठ लाख ४३ हजार ९१२ कित्ता सेयर रु ५९ करोड ३३ लाख ८८ हजार ९२ मा खरिद बिक्री भएको स्टकले जनाएको छ । ठूला कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ इन्डेक्स २।९५ बिन्दुले घटेको छ । 

यस्तै, आज सबै समूहको सेयरसमेत घटेको छ । बैंकिङ समूह १७।४, होटल १८।३६, विकास बैंक १०।९३, जलविद्युत् ३१।२८, फाइनान्स ०।८५, बीमा १४।७४, उत्पादन ८।७३ र अन्य समूह १।७४ बिन्दुले घटेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप