हेर्ने आँखा, देख्ने आँखा
माओ च छङ्
आज निबन्धको जाँच थियो । गुरुले कालो पाटीमा शीर्षक लेखिदिनु भयो, “मैले देखे—भोगेका परोपकारी मानिस” । एकै छिनपछि विद्यार्थीहरुका हात सलबलाए । कक्षामा कागज र कलम चलेको आवाज सुनियो । सबै एकोहोरिएर लेख्न थाले । तुङ श्याओशिङ भने निधारमा गाँठो पारेर उत्तर पुस्तिकामाथि घोत्लिरह्यो ।
तुङ श्याओशिङ कक्षामा कथा सुनाउन खप्पिस केटो थियो । उसलाई वीरहरुका कथा धेरै आउँथ्यो । तिमध्ये कुनै पनि उ आफैँले देखे–भोगेको घटनाका कथा थिएनन् ।
‘‘मैले देखेभोगेका...?’’ मेरो नजिकै त्यस्ता परोपकारी मानिसहरु को छन् र ? तुङ श्याओशिङले गहिरिएर सोच्यो । सोच्दासोच्दै टाउको रनक्क रन्केर आयो । मनमा त्यस्तो मान्छेको कुनै रुपरेखा आएन ।
“कस्तो शीर्षक यो ? देखेको रे ! अझ अझ भोगेको पनि रे !!... मेरो नजिकै त्यस्तो परोपकारी मान्छे ने छैन. त म के लेखुँ ? ” तुङ श्याओशिङ भुतभुतायो । गार्ड बसेका गुरु हानले उसलाई घुरेर हेर्नु भयो , “यो जाँच हो, जाँचमा त्यसरी बोलिरहने होइन, चुपोलागेर लेख्ने ।”
“मैले आफ्नो नजिकै त्यस्तो मानिस नै देखेको छैन त कसरी कथा लेखुँ ?” तुङ श्याओशिङ झिजिएर भुतभुताइ नै रह्यो ।
“राम्ररी आँखा खोलेर हेर्नुपर्छ अनि देखिन्छ । ” गुरुले सम्झाउदै भन्नुभयो, “राम्ररी सोच, सम्झ, कक्षाका साथीहरुबीच एक आर्काको वास्ता गरेका र सरसहयोग गरेका घटनाहरु थुप्रै हुन सक्छन् । ”
“यहाँ कसले कसको वास्ता गरेका छन् र, कसले कसलाई सहयोग गरेको छ र खै, मैले त त्यस्तो कहिल्यै देखेको छैन ।” तुङ श्याओशिङले भन्यो । बेन्चमा सँगै बसेको मा–मिङमिङले तुङ श्याओशिङलाई सम्झाउन आफ्नो बुढी औलाले गोलीगाँठोमा कोट्याउँदै कानमा सुटुक्क भन्यो “हिजो...”
मा–मिङमिङले भन्न खोजेको के थियो भने हिजो रुघा लागेर तुङ श्याओशिङले बिदा लिएको थियो । उ–श्याओमेइलाई पनि त्यतिकै रुघा लागेको थियो तर उसले विदा लिएकी थिइन । विद्यालयमा छुट्टी भएपछि बेलुका तुङ श्याओशिङको घरमै गएर उ—श्याआमेइले छुटेको पाठ सबै बताइदिएकी थिई र पढाइमा मद्दत पुर्याएकी थिई ।
यति कुरा सम्झाउने विचारले मा–मिङमिङले “हिजो...” मात्र भन्न भ्याएको थियो, गार्ड बसेको गुरु हानले टाउको पिर्लिक्क आँखा तर्नु भयो । डराएर उसले कुरा पूरा गर्नै सकेन । तुङ श्याओशिङले भने मिङमिङको कुराको उल्टो अर्थ बुझ्यो र रिसाउन्दै भन्यो, हिजो के ? मैले रुघा नलागीकनै रुघा लागेको बहाना बनाएँ भन्ठानेको कि ? हेर, अहिले पनि मेरो टाउको दुखिरा’छ, बुझ्यौ?
गुरु हानले कडा स्वरमा चेतावनी दिँदै भन्नुभयो, “तुङ श्याओशिङ, बढी बोलेर जाँचको अनुशासन भङ्ग नगर है, तिमीलाई भनिदिया’छु
लाचार भएर तुङ श्याओशिङले मुख बन्द ग¥यो । दुवै हातका हत्केलामा च्यापु अडकाएर सोच्न थाल्यो, कति सोच्दा पनि निबन्धको बेहोरा फुरेन । झन् बेसरी टाउको दुख्न थाल्यो ।
तुङ श्याओशिङको रुघा अझै निको भएको थिएन । जाँचले पनि चर्कै पीर पा¥यो । अलिअलि रिङटा पनि लागेर आयो । ठीक त्यसै बेला सबैले सुन्ने गरी उच्च स्वरमा गुरु हानले भन्नुभयो, “ल, परीक्षाको आधा समय सकियो, अव आधा मात्र बाँकी छ है । ” तुङ श्याओशिङले यतिखेरसम्म उत्तर पुस्तिकामा लेख्न सुहाउने एउटा शब्द पनि सोच्न पाएको थिएन । टाउको फननन्न घुमेको जस्तो भयो । ह्वाक्क आवाजसितै ह्वाल ह्वाल्ती बान्ता गर्यो । बान्ताको फोहोर भुँइमा मात्र परेन, उसको अगाडिको बेन्चमा बसेकी उ–श्याओमेइको फ्रकमा पनि पर्यो । उ–श्याओमेइ सफाइमा अति नै ध्यान दिने केटी थिई । उसले हात उठाई । त्यो देखेर तुङ श्याओमिङले मनमनै सोच्यो, “बर्बाद भयो ! यो रिसाइ ! अब के हुने होला ?”
गुरुले टाउको हल्लाएर उ–श्याओमेइलायई स्वीकृति दिनु भयो । उ उठी र गएर गुरुका कानमा बिस्तारै केही भनी । त्यसपछि उ कक्षाकोठाबाट बाहिर निस्की । एक छिनपछि एक हातमा ढुटो भरिएको डस्टबिन र अर्को हातमा कुचो लिएर भित्र पसी । चुपचापसित गएर अघि बान्ता गरेको ठाँउमा ढुटो छरी र कुचोले बढारेर सबै डस्टबिनमा उठाई । फोहोर भएको ठाँउ सफा भयो । कुचो र डस्टबिन लिएर ऊ खुरुक्क बाहिर गई । एक छिनपछि फटाफट आएर आफ्नो ठाँउमा सरक्क बसी र लेख्न थाली ।
गुरुले तुङ श्याओशिङलाई कुल्ला गर्न एक गिलास पानी ल्याइदिनु भयो र कुनै कुरा सम्झाउन खोजेजस्तो गरेर मुसुमुसु हाँस्दै उसको अनुहारमा हेर्नुभयो ।
“यो सबै निबन्धको शीर्षकको कारणले नै भएको हो ।” तुङ श्याओशिङ झिजिएको अझै शान्त भएको थिएन । “के मेरो नजिकै त्यस्तो मानिस...” । म यहाँ नभएको मानिसको कल्पना गरेर कसरी निबन्ध लेखुँ ? ” तुङ श्याओशिङ फेरि भुतभुतायो ।
कक्षामा सबै साथीहरु हलहल हाँसे ।
सबै हाँसेको देखेपछि तुङ श्याओशिङ एकै छिन् अकमक्क पर्यो । तुरुन्तै केही नयाँ कुरो फुरेजस्तै , केही देखेजस्तो गरी भित्तातिर हेर्यो, छेपारोले जसरी टाउको हल्लायो र गम्भीर हुँदै उत्तरकापीमा हतार–हतार कलम दगुराउन थाल्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : रविलगायत विरुद्ध ४२७ पृष्ठ लामो अभियोगपत्र दायरदेखि सरकारको कार्यशैलीप्रति कांग्रेसभित्र असन्तुष्टिसम्म
-
फाल्गुनन्द गोल्डकप : झापा–११ माथि मच्छिन्द्रको फराकिलो जित
-
नागरिक लगानी कोष र म्याग्दी हाइड्रोपावरबिच सेयर प्रत्याभूति सम्झौता
-
लक्ष्मी सनराइज बैंक र आईएफसीबिच नेपालमा वित्तीय दुरुपयोग समाधान गर्ने बारे साझेदारी
-
ताली बजाएर र भाषण गरेर मात्रै क्रिकेटको विकास हुँदैन : अध्यक्ष चन्द
-
मन्त्रालयको बजेट नगरपालिकाको भन्दा पनि कम हुँदा काम गर्न सकिएन : खेलकुद मन्त्री