अमेरिकी सेनालाई हटाए इराकले ठूलै प्रतिबन्ध व्यवहोर्नुपर्ने ट्रम्पको चेतावनी

इराकको संसदले एउटा प्रस्ताव पारित गर्दै मुलुकबाट सबै विदेशी सेनाहरुलाई हटाउन आदेश दिएसँगै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इराकलाई चेतावनी दिएका छन् ।
‘इराकमा हाम्रो असाध्यै महँगो हवाई अड्डा छ । यो निर्माणमा अर्बौं डलर खर्च भयो । हामीले यसको पैसा नपाएसम्म त्यो ठाउँ छोड्ने छैनौं,’ उनले पत्रकारलाई भने ।
के भने ट्रम्पले ?
इराकले अमेरिकी सैनिकलाई जबर्जस्ती बाहिर निकाल्न खोजे इरानले कहिल्यै नदेखेको प्रतिबन्ध खेप्न बाध्य हुने ट्रम्पले चेतावनी दिएका छन् ।
इराकमा पाँच हजार अमेरिकी सैनिक छन् । इराकी संसदको एउटा असाधारण संसदीय सभाले सरकारलाई बगदादसँग मिलेर इस्लामिक स्टेट अफ इराक र लाभान्ट – आइएसआइएलसँग लड्नका लागि अमेरिका तथा उनका सहयोगी राष्ट्रहरुसँग मागिएको सैन्य सहयोग रद्द गर्न आदेश दिएको छ ।
प्रस्तावमा भनिएको थियो, ‘सरकारले इराकमा इस्लामिक स्टेटसँग लड्नका लागि चालिएको सैन्य अभियानको अन्त्य र विजय प्राप्तिको कारण विदेशी गठबन्धनसँग मागिएको सैन्य सहयोग रद्द भएको घोषणा गर्दछ ।’
अमेरिकाले इरानी जनरल कासिम सुलेमानीलाई गत हप्ता बगदादमा हत्या गरेपछि शीतयुद्ध उच्चतम बिन्दुमा छ ।
इरानले ‘खतरनाक बदला’ लिने कसम नै खाएको छ ।
६२ वर्षे सुलेमानीलाई अमेरिकाले आतंककारी घोषणा गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा
-
१० बजे १० समाचार : शान्तिपूर्ण रह्यो राप्रपाको सभा, तीनकुने घटनामा पक्राउ पर्ने क्रम जारी
-
चलचित्र सेन्सर बोर्डको सदस्यमा श्रेष्ठ नियुक्त
-
एनएसएल फुटबलमा काठमाडौँ रेजर्सको पहिलो जित