बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

अझै केही महिना डढेलो लाग्न सक्छः अष्ट्रेलियाका प्रधानमन्त्री मोरिसन

सोमबार, २१ पुस २०७६, १० : २२
सोमबार, २१ पुस २०७६

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले डढेलोले अझै केही महिनासम्म ‘ताण्डव’ मच्चाउने चेतावनी दिएका छन् ।

सेप्टेम्बरदेखि सुरु भएको उक्त डढेलोका कारण कम्तीमा २४ जनाको मृत्यु भएको छ । यस हप्ता क्यानबेराको हावाको गुणस्तर संसारकै सबैभन्दा दुषितको सूचीमा राखिएको छ ।

मोरिसनले डढेलोका कारण घरबार गुमाउनेहरुको सहयोगार्थ ‘रिकभरी एजेन्सी’ निर्माण गरेको घोषणा गरेका छन् ।

यस्तो भयानक अवस्थामा पनि निकै सुस्त रुपमा प्रतिक्रिया दिएको भन्दै मोरिसनको व्यापक आलोचना भएको छ ।

यस हप्ता स्थिती थप तनावग्रस्त रह्यो । एक हप्ताभित्रै थप सय बढी भवन र संरचना ध्वस्त भए । विभिन्न शहरका आकाश राता भए, खरानीको वर्षा भयो र धुँवामिश्रित हावाका कारण मानिसहरु निस्सासिए ।

आइतबार भिक्टोरिया र न्यू साउथ वेल्समा हल्का वर्षा भएसँगै स्थिती केही सहज रह्यो । तर अधिकारीले डढेलोले थप उग्र रुप लिने चेतावनी पनि दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप