आजको मौसम, हल्का वर्षाको सम्भावना

नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी निम्न चापीय प्रणालीको असर पर्नेछ । मौसम पूर्वानुमान महाशाखाले जारी गरेको पूर्वानुमानमा देशको पश्चिमी क्षेत्रमा परिश्ची निम्न चापीय प्रणालीको असर पर्ने उल्लेख गरिएको हो ।
सोमबार देशका पश्चिमी र पूर्वी पहाडी क्षेत्रमा आंशिक बदली भइरहने र अन्य क्षेत्रमा भने मौसम सफा रहने उल्लेख गरिएको छ ।
यसैगरी, सोमबार दिनभरी पश्चिमी र पूर्वी भूभागमा आंशिक र सामान्य बदली हुनेछ । भने पश्चिमी र पूर्वका केही स्थानमा भने हल्का वर्षाको सम्भावना रहेको छ ।
रातमा भने देशभर सामान्य बदली हुनेछ । राति पनि मध्य र पूर्वी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । त्यस्तै, देशको पश्चिम र मध्यका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपानको सम्भावना रहेको छ ।
यता, तराईका केही स्थानमा हुस्सु÷कुहिरो लागेको छ । पूर्वानुमानका अनुसार साँझसम्म हुस्सु हटेर जाने र कुहिरो लागेको ठाउँमा भने घाम नलाग्ने बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : भैरहवा कारागारको ४ नम्बर ब्लकमा रविदेखि माओवादीको ८ बुँदे सर्कुलरसम्म
-
सामुदायिक वनभित्र महिलाको शव फेला
-
भारतमा एक्कासि किन बढाइयो घरेलु ग्यास सिलिन्डरको मूल्य ?
-
धरानका मेयर हर्कराज भन्छन् - प्रधानमन्त्रीको आश्वासनमा शंका छैन, तर विश्वास लाग्दैन
-
राप्रपाको प्रदर्शनअघि सुरक्षा प्रमुखले बोलाए सुरक्षा बैठक
-
नेपालको सर्वोच्च अदालत र भारतको सर्वोच्च अदालतबीच न्यायिक सहयोगको क्षेत्रमा समझदारीपत्रमा हस्ताक्षर