किन ट्रम्प इरानविरुद्ध अमेरिकी–इजरायली युद्ध चर्काउन खोज्दै छन् ?
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले जनरल कासिम सुलेमानी र मिलिसिया महादी अल–मुहान्दीसलाई मार्ने अमेरिकी आक्रमणको स्वागत गरे । जनरल सुलेमानी इरानको रिभोलुसनरी गार्डको विदेश विभाग कुड्सका प्रमुख हुन् भने अल–मुहान्दिस आईएसलाई हराउन महत्त्वपूर्ण भूमिका खेल्ने इराकी मिलिसियाका नेता हुन् ।
शुक्रबार नेतान्याहूले अमेरिकी आक्रमणको निर्देशन दिने राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशंसा गर्दै भने, ‘ ट्रम्पले जुन अडानका साथ कदम उठाए, त्यसको लागि उनी पूर्ण प्रशंसाको हकदार छन् ।’
अरु वरिष्ठ इजरायली राजनीतिज्ञले पनि अमेरिकी आक्रमणको प्रशंसा गरेका छन् । तिनमा अमिर पेरेज पनि छन् । मध्य–वामपन्थी लेबर–गेसर पार्टीका नेता पेरेजले सुलेमानी मर्नैपर्ने नेता भन्दै उनको हत्याको लागि ट्रम्पलाई धन्यवाद दिए ।
इरानप्रतिको पेरेजको घृणाको पुरानो इतिहास छ । इजरायलले सन् २००६ मा लेबनानमाथि अतिक्रमण गर्दा उनी इजरायलका रक्षामन्त्री थिए । त्यो समय इरानको समर्थनमा उठेको लेबनानी प्रतिरोधले गर्दा इजरायलले लज्जास्पद हार बेहोर्नुपरेको थियो ।
इजरायल गुप्तचरको पुराना विश्लेषक योसी मेल्म्यानले अमेरिकी–इरानबीचको तनाव वृद्धिलाई ‘इजरायलको लागि राम्रो समाचार’ भने । तिनको बुझाइमा यस तनावले अमेरिकालाई इजरायलको फाइदा हुने युद्धमा तान्नेछ ।
प्रारम्भिक प्रतिक्रियामा इरानका विदेश मन्त्री जावेद जारिफले सुलेमानीलाई आईएस र अलकायदाविरुद्धको लडाईमा ‘सबैभन्दा प्रभावशाली फौज’को प्रमुखको संज्ञा दिए । जारिफले सुलेमानीको हत्यालाई ‘अन्तर्राष्ट्रिय आतकंवादी’ कार्यको संज्ञा दिएका छन् ।
परिस्थिति थप विध्वंसात्मक दिशातर्फ लाने कदममा इजरायल र उसका कट्टर समर्थकहरुले ठूलो आनन्द मानेका छन् भन्नेमा कुनै शंका छैन ।
सिनेटर टेड क्रुजले सुलेमानीको हत्यालाई ‘हाम्रा इजरायली मित्रहरुलाई लामो समयदेखि चाहिएको न्याय’को संज्ञा दिए । चुनावी अभियानको क्रममा इराक युद्धको विरोध गरेका ट्रम्प अहिले उनका पूर्ववर्तीजस्तै झुटमार्फत आम अमेरिकी जनतालाई सैन्य अभियानको पक्षमा तान्न खोज्दै छन् । निसन्देह यो उग्र राष्ट्रवाद थप बढ्दै जानेछ ।
उग्र राष्ट्रवाद
सुलेमानीको हत्याअघि अघिल्लो आइतबार अमेरिकी आक्रमणमा कताईव हिज्बुल्लाहका दुई दर्जन सदस्य मारिएका थिए । अमेरिकाको दावीमा कताईव हिज्बुल्लाह उत्तरी इराकी सैन्य आधारमा रकेट आक्रमणमार्फत एक कन्ट्राक्टरको हत्यामा संलग्न थियो ।
त्यसको विरोधमा हजारौँ प्रदर्शनकारी बग्दादस्थित अमेरिकी दूतावास प्राङ्गढमा जबरजस्ती प्रवेश गरे । त्यसपछि सुलेमानीको हत्या भएको छ ।
सिनेटर टेड क्रुजले सुलेमानीको हत्यालाई ‘हाम्रा इजरायली मित्रहरुलाई लामो समयदेखि चाहिएको न्याय’को संज्ञा दिए । चुनावी अभियानको क्रममा इराक युद्धको विरोध गरेका ट्रम्प अहिले उनका पूर्ववर्तीजस्तै झुटमार्फत आम अमेरिकी जनतालाई सैन्य अभियानको पक्षमा तान्न खोज्दै छन् । निसन्देह यो उग्र राष्ट्रवाद थप बढ्दै जानेछ ।
ट्रम्पलाई डेमोक्रेटको मौन समर्थन
उग्र–दक्षिणपन्थबाट ट्रम्पको समर्थन सोचे अनुरुपनै देखिन्छ तर एलिजावेथ वारेनजस्ता तथाकथित प्रगतिशीलले पनि मौन समर्थन जनाउनु दुःखद कुरा हो । त्यस्तै मध्यपन्थी डेमोक्रेट्स जो बाइडनले पनि सुलेमानीको हत्याको समर्थन जनाएका छन् । दुवै अमेरिकी राष्ट्रपतिका लागि डेमोक्रेटिक उमेद्वार हुन लडिरहेका छन् ।
सिनेटर बर्नी स्याण्डर्सले ट्रम्पले तनाव वृद्धि गरेर अमेरिकालाई पुनः मध्य–पूर्वको अर्को विध्वंसात्मक युद्ध नजिक पु-याएको चेतावनी दिएका छन् । युद्ध सुरु भएमा पुनः असंख्य ज्यान जाने र खर्बौँ डलर नास हुनेछ । तर उनले पनि सुलेमानीको हत्यालाई आलोचना गरेनन् ।
राष्ट्रपति ट्रम्पको निर्देशनमा भएको हत्यालाई तिनले मौन समर्थन जनाउनुको कारणमा तिनले सुलेमानी खराब पात्र वा खलनायक रहेको र उनी मारिन लायकको तर्क दिएका छन् । तर खासमा ती समय, प्रक्रिया र सम्भावित परिणामलाई लिएर मात्र चिन्तित छन् ।
तिनले कहिले पनि अमेरिकाले विश्वका हरेक कुनामा आफूले भनेजस्तो सरकार गठन गर्न फौज परिचालन, हवाई आक्रमण र ड्रोन परिचालन गर्न पाउँछ या पाउँदैन भन्ने प्रश्न गरेनन् । रुखो भाषामा भन्दा वासिङ्टनले आफ्नो पक्षमा नलाग्ने संसारभरीका सत्तालाई बम हान्ने, मार्ने र आफूले रोजेको कठपुतली नेतालाई स्थापित गर्ने गरेको छ । ती अमेरिकी नेताहरु खासमा कटिबद्ध साम्राज्यवादी हुन् ।
सिनेटर बर्नी स्याण्डर्सले ट्रम्पले तनाव वृद्धि गरेर अमेरिकालाई पुनः मध्य–पूर्वको अर्को विध्वंसात्मक युद्ध नजिक पु-याएको चेतावनी दिएका छन् । युद्ध सुरु भएमा पुनः असंख्य ज्यान जाने र खर्बौँ डलर नास हुनेछ । तर उनले पनि सुलेमानीको हत्यालाई आलोचना गरेनन् ।
सन् १९८० मा पश्चिमा शक्तिले सद्दाम हुसेनले इरानलाई गरेको आक्रमणलाई समर्थन ग¥यो । त्यस आक्रमण ८ वर्षे युद्धमा रुपान्तरित भयो र लाखौँ इराकी र इरानीको जीवन गयो । अमेरिकी, ब्रिटिस, फ्रेन्च र जर्मन कम्पनीले इराकलाई सेना उपलब्ध गराउनुका साथै रसायनिक हतियार निर्माण गर्ने दक्षता प्रदान गरे । (युद्धपछि आफूलाई क्षेत्रिय शक्तिको ठान्न थालेका सद्दाम हुसेनले कुवेतमाथि आक्रमण गरे । आफ्नो उद्देश्यविरुद्ध गएको देखेपछि अमेरिका इराकविरुद्ध लाग्यो । त्यसले लामो प्रतिबन्ध र युद्ध सुरु गरायो ।)
घेराबन्दीमा इरान
अमेरिकी शक्तिप्रति अन्धभक्त नरहेका र विखण्डनवादी घृणा नराख्ने मानिसले स्पष्ट देख्नेछन् कि इरानले दशकौँदेखि अमेरिकाको घेराबन्दी र शासन परिवर्तनको प्रयासलाई प्रतिरोध गरिरहेको छ ।
त्यो सन् १९७९ को इस्लामिक क्रान्तिपछि सुरु भएको हो । सन् १९७९ को क्रान्तिले अमेरिकाप्रति निष्ठावान कठपुतली सरकार र इजरायलका मित्र शाह राजालाई शासनबाट हटाएको थियो ।
सन् १९८० मा पश्चिमा शक्तिले सद्दाम हुसेनले इरानलाई गरेको आक्रमणलाई समर्थन ग¥यो । त्यस आक्रमण ८ वर्षे युद्धमा रुपान्तरित भयो र लाखौँ इराकी र इरानीको जीवन गयो ।
अमेरिकी, ब्रिटिस, फ्रेन्च र जर्मन कम्पनीले इराकलाई सेना उपलब्ध गराउनुका साथै रसायनिक हतियार निर्माण गर्ने दक्षता प्रदान गरे । (युद्धपछि आफूलाई क्षेत्रिय शक्तिको ठान्न थालेका सद्दाम हुसेनले कुवेतमाथि आक्रमण गरे । आफ्नो उद्देश्यविरुद्ध गएको देखेपछि अमेरिका इराकविरुद्ध लाग्यो । त्यसले लामो प्रतिबन्ध र युद्ध सुरु गरायो ।)
यी सम्पूर्ण कारबाही ‘प्रोजेक्ट फर न्यु अमेरिकन सेन्चुरी’ नामक थिङ्क ट्याङ्कले अघि बढाएको योजना अनुरुप अघि बढेको देखिन्छ । उक्त थिङ्क ट्याङ्कले अमेरिका र इजरायलको प्रभुत्व कायम राख्नको लागि मध्य–पूर्वका कुन शासन परिवर्तन गर्नुपर्छ भन्ने प्रस्ताव अघि बढाएको छ । अनुसन्धानकर्ता ग्रेग शुपकको विचारमा ‘अमेरिका र इजरायली नीति–निर्माता इरान एक स्वतन्त्र क्षेत्रीय शक्ति भएकाले’ घृणा गर्छन् ।
सन् २००१ सेप्टेम्बर ११ को आक्रमणपछि अमेरिकाले इरानको पूर्वी छिमेकी अफगानिस्तानमा आक्रमण ग-यो । दुई वर्षपछि जर्ज डब्लू बुस प्रशासनले इरानको पश्चिमी छिमेकी देश इराक आक्रमण ग¥यो र कब्जामा लियो ।
त्यसपछि बुस प्रसाशनभित्रका नव–कन्जरभेटिभ सदस्यहरुमा अर्को लक्ष्य दमास्कस र तेहरान हुने भन्ने उत्साह छाएको थियो ।
यी सम्पूर्ण कारबाही ‘प्रोजेक्ट फर न्यु अमेरिकन सेन्चुरी’ नामक थिङ्क ट्याङ्कले अघि बढाएको योजना अनुरुप अघि बढेको देखिन्छ । उक्त थिङ्क ट्याङ्कले अमेरिका र इजरायलको प्रभुत्व कायम राख्नको लागि मध्य–पूर्वका कुन शासन परिवर्तन गर्नुपर्छ भन्ने प्रस्ताव अघि बढाएको छ ।
अनुसन्धानकर्ता ग्रेग शुपकको विचारमा ‘अमेरिका र इजरायली नीति–निर्माता इरान एक स्वतन्त्र क्षेत्रीय शक्ति भएकाले’ घृणा गर्छन् ।
इरान विरोधीमा इरानप्रतिको घृणा यो हदसम्म देखिन्छ भने एक अर्बपति शेल्डन एडेल्सनले विगतमा अमेरिकालाई इरानमाथि आणविक आक्रमण गर्न आह्वान नै गरेका थिए । शेल्डन इजरायल पक्षधर हुन् र उनी अमेरिकी राष्ट्रपति ट्रम्प तथा रिपब्लिकन पार्टीलाई सबैभन्दा ठूलो आर्थिक सहायता दिने व्यक्ति हुन् ।
‘इरानलाई आणविक बमले उडाइदेऊ’
‘इरानसँग एक बलियो सेना र विदेश नीति छ । ऊ इजरायलको प्रतिरोध गरिरहेका सशस्त्र प्यालेस्टाइन विद्रोहीलाई आर्थिक सहयोग दिने र लेबनानको हिजबुल्लालाई अमेरिका–इजरायली अतिक्रमणको विरोध गर्न सघाउने पक्षमा पर्छ ,’ शुपकले थपे ।
इरान विरोधीमा इरानप्रतिको घृणा यो हदसम्म देखिन्छ भने एक अर्बपति शेल्डन एडेल्सनले विगतमा अमेरिकालाई इरानमाथि आणविक आक्रमण गर्न आह्वान नै गरेका थिए । शेल्डन इजरायल पक्षधर हुन् र उनी अमेरिकी राष्ट्रपति ट्रम्प तथा रिपब्लिकन पार्टीलाई सबैभन्दा ठूलो आर्थिक सहायता दिने व्यक्ति हुन् ।
इजरायलले आफूसँग आणविक हतियार रहेको खुलासा नगरेको भए पनि उसँग हतियार रहेकोमा सबै सहमत छन् । तर इरानविपरित उसले ‘आणविक अ–प्रसार सम्झौता’मा हस्ताक्षर गर्न वा निगरानी गर्न दिन अस्वीकार गरेको छ ।
तथ्य अनुसार इरानले अघिल्लो वर्ष सैन्य बजेटमा १३ अर्ब डलर खर्च गरेको छ । जबकि उसको प्रतिद्वन्दी तथा अमेरिकी मित्र शक्ति साउदी अरबले सो अवधिमा पाँच गुणा खर्च ग-यो । झन् अमेरिकाको रक्षा बजेट भीमकाय ठूलो छ । अमेरिकाले भर्खरै पास गरेको सैन्य बजेट ७३८ अर्ब डलर छ जुन इरानको बजेटभन्दा ५५ गुणा ठूलो हो ।
सन् २०१४ मा तत्कालिन उप–राष्ट्रपति बाइडेनले असावधानिवस एक नाङ्गो र कठोर सत्य उजागर गरेकोमा माफी मागेका थिए । उनले मध्य–पूर्वमा अमेरिकाका नजिकका मित्रहरु टर्की, साउदी अरब, कतार र संयुक्त अरब इमिरेटले जबात अल–नुस्रा, अल–कायदा र ‘विश्वका अन्य भागका अतिवादी जिहादी’लाई लाखौं डलर र दशौँ हजार टन हतियार सहयोग गरेको बताएका थिए । बाइडेनका अनुसार उक्त सहयोग आईएसको वृद्धिमा महत्त्वपूर्ण सहयोगी साबित भएको थियो ।
दुषित तर्क
यति कम बजेटमा पनि इरानले महत्त्वपूर्ण उपलब्धी हासिल गरिरहेको छ । इरान समर्थित लेबनानको हेजबुल्लाले इजरायललाई आछु–आछु पारेको छ । सन् २००६ मा इजरायलले लेबनान अतिक्रमण गर्दा यही समूहले उसलाई हराएको थियो ।
पछिल्लो समय जनरल सुलेमानीको मार्गदर्शनमा आईएस सिरिया र इराकमा पछि हट्नुपर्यो । आईएस र अल कायदाजस्ता समूह अमेरिकी युद्ध र हस्तक्षेपको प्रत्यक्ष उत्पादन हुन् । यिनको अस्तित्व लाखौँ मानिसको लागि विध्वंसात्मक साबित भयो ।
सन् २०१४ मा तत्कालिन उप–राष्ट्रपति बाइडेनले असावधानिवस एक नाङ्गो र कठोर सत्य उजागर गरेकोमा माफी मागेका थिए । उनले मध्य–पूर्वमा अमेरिकाका नजिकका मित्रहरु टर्की, साउदी अरब, कतार र संयुक्त अरब इमिरेटले जबात अल–नुस्रा, अल–कायदा र ‘विश्वका अन्य भागका अतिवादी जिहादी’लाई लाखौं डलर र दशौँ हजार टन हतियार सहयोग गरेको बताएका थिए । बाइडेनका अनुसार उक्त सहयोग आईएसको वृद्धिमा महत्त्वपूर्ण सहयोगी साबित भएको थियो ।
सन् २०१६ मा इजरायली रक्षामन्त्री मोशे यालूनले इजरायलको एजेण्डा स्पष्ट गरे, ‘सिरियामा इरान र इस्लामिक स्टेटमध्ये एउटा छान्नुपर्ने अवस्था छ, म भने आईएसलाई चुन्छु ।’
सन् २०१६ मा इजरायली रक्षामन्त्री मोशे यालूनले इजरायलको एजेण्डा स्पष्ट गरे, ‘सिरियामा इरान र इस्लामिक स्टेटमध्ये एउटा छान्नुपर्ने अवस्था छ, म भने आईएसलाई चुन्छु ।’
इजरायलको तर्क यो सम्पूर्ण क्षेत्रमा लागु गर्न सकिन्छ । पछिल्लो समय इजरायल र साउदी अरबबीच बढ्दो सहजतामा दुवैको इरानप्रतिको शत्रुताले काम गरेको छ ।
कोलम्बिया विश्वविद्यालयका प्राद्यापक जोसेफ मशादका अनुसार केही अघि अमेरिकाको समर्थनमा इजरायल र निश्चित खाडी देशबीच जुन ‘अनाक्रमण सन्धी’ भयो, त्यो खासमा इरान लगायत लेबनान, सिरिया, इराक र प्यालेष्टाइनविरुद्धको आक्रमणको पूर्व तयारी हुन सक्छ ।
यो कलुषित तथ्य बुझ्दा अमेरिका र इजरायल किन जस्तो सुकै मानवीय मूल्यमा इरानसँग युद्ध चाहिरहेका छन् भन्ने बुझ्न सकिन्छ ।
अलि अबुनीमा द इलोक्ट्रोनिक इन्तिफादाका कार्यकारी निर्देशक हुन् ।
source: https://zcomm.org/znetarticle/why-trump-is-escalating-the-us-israeli-war-on-iran/
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जिम्बाब्वेमा ड्युटीमा रहेका प्रहरीहरूलाई मोबाइल प्रयोग गर्न प्रतिबन्ध
-
पाकिस्तानको कराचीमा सुरक्षा गार्डले गोली चलाउँदा दुई चिनियाँ नागरिक घाइते
-
छठका लागि सजाइयो कमलपोखरी, तस्बिरमा हेर्नुहोस्
-
कानुनविपरीत व्यापारीको पैसाले चुनाव लडिरहेका छन् नेताहरू
-
अमेरिकी राष्ट्रपति निर्वाचन : वासिङ्टनमा मतदान सुरु, ट्रम्प र ह्यारिसबिच कडा प्रतिस्पर्धा
-
टीभीएसको बाइक खरिदमा उतीम लाल साहले जिते नगद रु. १० लाख