नयाँ बसपार्क क्षेत्रबाट १ सय १३ जना पक्राउ
आइतबार, २० पुस २०७६, १९ : ४६

काठमाडौं । काठमाडौंको नयाँ बसपार्क क्षेत्रबाट १ सय १३ जना पक्राउ परेका छन् ।
सो क्षेत्रका विभिन्न होटल, रेष्टुरेन्ट तथा खाजा घरमा छापा मारी शंकास्पद गतिविधि गर्ने १ सय १३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ८० पुरूष र ३३ महिला रहेका छन् ।
नयाँ बसपार्क क्षेत्रमा बेलाबखतमा देखिने अपराधिक गतिविधि न्यूनीकरणको लागि यस्तो अपरेशन समय–समयमा गर्ने गरिएको महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रमुख सन्तोष दाहालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लहानमा अब अनलाइनबाट नागरिकता सिफारिस
-
६ अर्बभन्दा बढीको लागतमा बन्दै पाँचतारे होटल बन्दीपुर हिल
-
माओवादीको रेकर्डमा ९५० महिला सहिद, को हुन् पहिलो सहिद धनमाया ?
-
सुडानमा सैन्य विमान दुर्घटना, कम्तीमा १९ जनाको मृत्यु
-
सुनिताले मागेकी थिइन् गोविन्दासँग सम्बन्धविच्छेद ?
-
यही वर्ष सुरु हुने भयो रणवीर सिंहको डन–३