बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवलबाट १५ किलो चरेससहित दुई युवक पक्राउ

आइतबार, २० पुस २०७६, १९ : १६
आइतबार, २० पुस २०७६

बुटवल । लागूऔषध चरेससहित २ जना युवालाई रुपन्देहीबाट प्रहरीले नियन्त्रणमा लिएको छ । आज साँझ रुपन्देहीको तिलोत्तमा नगरपालिका वाड नम्वर ३ जानकी पथबाट १५ किलो चरेशसहित २ जनालाई नियन्त्रण लिएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक भिमलाल भटराईले रातोपाटीलाई जानकारी दिए । 

गुल्मीको रेसुङ्गा नगरपालिका वाड नम्बर ८ का ३० वर्षीय सञ्जय राउत र सोही स्थानका ३२ वर्षीय पदम थापाले कारोवारको लागि झोला लिएर हिँडेको अवस्थामा प्रहरीले टोलीले नियन्त्रणमा लिएको हो । उनीहरुलाई लागू औषध ऐन अन्तर्गत कानुनी प्रकृया अगाडी बढाउने प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप