शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

खाडीको पछिल्लो अवस्थाबारे चीन र रुसका विदेशमन्त्रीबीच छलफल

आइतबार, २० पुस २०७६, १८ : ४६
आइतबार, २० पुस २०७६

एजेन्सी । अमेरिकी सेनाको कारवाहीमा इराकको राजधानी बग्दादको अन्तरराष्ट्रिय विमानस्थलनजिकै शुक्रबार एक इरानी सैन्य कमाण्डर मारिएपछि यस विषयले खाडी क्षेत्रमा तनाव बढाएको बताइएको छ । 
अमेरिकी सेनाको विशेष खालको कारवाहीमा इरानी फौजको विशेष दस्ता क्विडका प्रमुख कमाण्डर कासिम सुलेमानी मारिएपछि यस विषयमा खाडी तथा त्यस बाहिर पनि यस विषयमा व्यापक मात्रामा चर्चा चलेको बताइएको छ ।   

उक्त घटनापछि अमेरिका र खाडी देशबीचको तनाव थप बढेको तथा अमेरिका र इरानले एक आपसमा आक्रमणका धम्की नै दिइरहेका पनि विभिन्न अन्तरराष्ट्रिय सञ्चारमाध्यमले इराकको राजधानी बगदादबाट जनाएका छन् ।

त्यस आक्रमणपछि विकसित परिस्थितिका बारेमा चिनियाँ र रुसी विदेशमन्त्रीबीच आइतबार फोनवार्ता भएको बताइएको छ । सो विषयमा चिनियाँ विदेशमन्त्री वाङ यी र रुसी विदेशमन्त्री सर्गेइ लाभरोभबीच फोनवार्ता भएको बताइएको छ । उनीहरुबीच इरानी कमाण्डर मारिएपछि इराक र इरानसहित खाडी क्षेत्रमा देखा परिरहेको अवस्थाका बारेमा कुराकानी भएको बताइएको छ ।

उनीहरुले यस विषयमा आगामी दिनमा चाल्नुपर्ने कदमका बारेमा पनि कुराकानी गर्नुभएको समाचारमा जनाइएको छ । यस घटनाले आफूहरुको ध्यानाकर्षण हुन पुगेको उनीहरुले आपसमा कुराकानी गरेको पनि प्राप्त समाचारमा जनाइएको छ ।

मारिएका ती सुलेमानीलाई अमेरिकाले विगतदेखि नै ‘आतङ्ककारी’ समूहको नाइके भएको बताउँदै आएको थियो । यो आक्रमण अमेरिकाको तयारीमा नै भएको बताइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नै उनको हत्याको निर्देशन दिएको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले बताएको छ ।

उक्त अमेरिकी आक्रमणपछि इरानका सर्वोच्च नेताले अमेरिकी आक्रमणमा आफ्नो सेनाको जनरल मारिएपछि यस घटनाको कडा रुपमा बदला लिने चेतावनी दिएपछि परिस्थिति झन तनावपूर्ण बन्दै गएको हो ।   इरानी सर्वोच्च नेता आयोतुल्लाह अलि खामेनीले इरानी फौजको विशेष दस्ता क्विडका प्रमुख जनरल सुलेमानी मारिएपछि उनले अमेरिकाका विरुद्ध बदला लिने बताएका हुन् । 

उता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानले अमेरिकी नागरिक र उसको सम्पत्तिमाथि आक्रमण गरे इरानमाथि नै कडा हमला गर्ने बताएका छन् । उनले सो चेतावनी दिँदै भने, ‘इरानले अमेरिकी नागरिक र सम्पत्तिमा आक्रमण गरे त्यस विरुद्धको जवाफी आक्रमण गर्न अमेरिका तयार छ र इरानका महत्वका ५२ वटा स्थानको पहिचान गरिसकेको छ ।’ Photo: china plus

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप