मलेसियामा सम्पन्न मिसेस टुरिजम एम्बेस्डरको ताज शिलास्मालाई

काठमाडौँ । मलेसियाको क्वालालाम्पुरमा शनिबार बेलुका सम्पन्न मिसेस टुरिजम एम्बेस्डर वल्र्ड २०२०को फाइनलमा नेपालकी शिलास्मा हमाल मल्लले ताज हात पारेकी छन् ।
शिलास्माले अन्य मुलुकका प्रतिस्पर्धीलाई पन्छाउँदै ताज हात पारेकी हुन् । उक्त प्रतियोगितामा २१ देशका महिलाहरु सहभागी थिए ।
विभिन्न चरणपछि फाइनलमा पुगेकी शिलास्माले अन्तत उत्कृष्ट हुँदै वल्र्डतर्फको शीर्ष उपाधि र ताज जितेकी छिन् ।
नेपालबाट प्रतियोगिताको लागि मोडल तथा मिसेस टुरिजम एम्बेस्डर २०२० बिजेता शिलास्मा हमाल मल्लले प्रतिनिधित्व गरेकी थिइन् ।
‘मलेसियामा भएको मिसेस टुरिजम एम्बेस्डर युनिभर्स २०२० को फाइनलमा मैले वल्र्ड तर्फको उपाधि जितेर नेपाललाई उत्कृष्ट सावित गरेको छु,’ उपाधि जितेपछि शिलास्माले भनिन्, ‘एशिया, युरोप, अफ्रिकालगायतका महाद्धिपका २१ जना महिलाहरु भएको प्रतिस्पर्धामा युनिभर्स तर्फको ताज भने मलेसियाले जितेको छ ।’
केही वर्षयताबाट मोडलिङमा सक्रिय शिलास्माले नेपालका केही ब्यूटी पेजेन्टमा पनि यसअघि ताज जितिसकेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५२ वर्षपछि नेतृत्वविहीन अवस्थामा वार्षिकोत्सव मनाउँदै राष्ट्र बैंक
-
आन्दोलनरत शिक्षकहरूलाई धम्क्याएकोप्रति महासंघको आपत्ति
-
न्युक्यासलसँग हारेसँगै रेलिगेसनमा पर्यो ईप्सविच
-
मातातीर्थ कुण्डमा स्नान र दर्शन गर्ने भक्तजनको घुइँचो, तस्बिरहरू
-
संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दै
-
जसपा नेपालको कोशी प्रदेश अन्तर्गतका ११ पालिका समितिमा नयाँ नेतृत्व निर्वाचित