त्रिवि हाताभित्र रहेको प्रहरी चौकी हटाउने सहमति

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको हाताभित्र रहेको प्रहरी चौकी तत्काल हटाइने सहमति भएको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालय र काँग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)बीच भएको वार्तामा प्रहरी चौकी हटाउने सहमति भएको हो ।
सहमति पत्रमा त्रिवीका तर्फबाट निर्देशनालयका कार्यकारी निर्देशन गंगाबहादुर थापा मगर र नेविसंघका त्रिवि ईकाइ समिति सचिव योगन्द्र रावलले हस्ताक्षर गरेका छन् ।कीर्तिपुरस्थित विश्वविद्यालय क्याम्पस हातामा प्रहरी चौकी थियो ।े
शैक्षिक संस्थामा प्रहरी चौकी राख्न नहुने भन्दै नेपाल विद्यार्थी संघले निरन्तर आन्दोलन गर्दै आएको थियो । यस्तै स्ववियु निर्वाचनको मिति एक हप्ताभित्र र र कार्यतालिका एक महिना अगावै सार्वजनिक गर्ने सहमति पनि भएका छन् ।
यही फागुन १४ गते स्ववियु निर्वाचन गराउने त्रिवीले प्रतिबद्धता पनि जनाएको छ ।केही दिनअघि नेविसंघले सोही विषयमा ध्यानाकर्षणका लागि त्रिवी उपकुलपति धर्मकान्त बास्कोटाको कार्यकक्षसमेत तोडफोड गरेको थियो ।
यस्तो छ सहमति पत्रः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘नेपालमा पानी जहाज चलाउने कुरामा ठट्टा गरे, अहिले आवश्यक लाग्न थाल्यो’
-
भियतनाममा पनि पोखराकै जस्तो बेलुन विस्फोट, जन्मदिन मनाउँदा भयो यस्तो घटना
-
‘आवश्यक जनशक्ति नहुँदा जयनगर-जनकपुर रेल्वे सेवा घाटामा’
-
देउवाद्वारा सार्वजनिक यातायात र यातायात व्यवसायी समन्वय विभागमा १० सदस्य मनोनीत
-
भारत, भूटान र माल्दिभ्सका एनसिसी भ्रमण टोली प्रतिनिधि प्रधानमन्त्री भेट्न बालुवाटारमा
-
पूर्वराजा ज्ञानेन्द्रलाई वर्षमानको चेतावनी : तानाशाही शासन फर्काउन सकिन्छ कि भनेर मुख नमिठ्याए हुन्छ