शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जीवनसाथीसँग सधैँ खटपट भइरहन्छ ? यी ७ विधि अपनाउनुस्

आइतबार, २० पुस २०७६, १६ : ४१
आइतबार, २० पुस २०७६

 जुनकुनै सम्बन्धमा पनि मधुरता भइराखोस् भन्ने मानिसको चाहाना हुन्छ । सुमधुर सम्बन्धले मानिसमा सकारात्मक उर्जा दिन्छ जसले जीवनमा केही गर्ने प्रेरणा समेत मिल्छ । त्यसैले जुनसुकै सम्बन्धमा पनि खुशी र साथीसँगको सम्बन्ध टिकाउने चाहाना राखिन्छ । 

तर कतिपय सम्बन्ध विशेषतः जीवनसाथीबीचको सम्बन्धमा खटपट भइरहने उदाहरणहरु समाजमा धेरै भेटिन्छन् । पछिल्ला वर्षहरुमा सम्बन्धमा आएको दरारका कारण धेरैको सम्बन्धविच्छेद समेत भएको छ । 

कहिलेकाहीँ सम्बन्धलाई राम्रो बनाउने प्रयास गर्दागर्दै पनि नमिलिरहेको हुन्छ । झगडा परिरहेको हुन्छ । त्यसको पछाडि वास्तु नमिलेको हुनसक्ने बताइन्छ । वास्तुशास्त्रको अनुसार के के गर्दा सम्बन्धमा न्यायोपन बढ्छ त ? 

१. झ्यालको नजिकै बिस्तारा  लगाउनु हुँदैन । 
 
२. कहिल्यै पनि झ्याल छोएर बिस्तारा राख्नुहुँदैन । यस्तो गर्दा सम्बन्धमा तनाव पैदा हुन्छ । 

३. यदि झ्यालको नजिक ओछ्यान राख्नै पर्ने भए सिरानी र झ्यालको बीचमा पर्दा हाल्न सकिन्छ जसले नकारात्मक उर्जा सम्बन्धमा हाबी हुन दिदैँन । 

४. घरमा दिनदिनै घ्यूको दिप बाल्नुपर्छ । जसले सम्बन्धमा सकारात्मक उर्जा दिन्छ । 

५. बलेको दियोलाई पूर्व वा दक्षिणतिर फर्काएर राख्नुपर्छ । 

६. यदि सही दिशामा दियो बाल्नुभयो भने तपाइको सम्बन्धमा मधुरता ल्याउन मद्दत मिल्छ ।  
 
७. प्रत्येक शुक्रबार पञ्चमुखी दियो ‘बेड रुम’ मा बाल्ने गर्नुस् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप