बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

विमानस्थलबाट सुनसँगै हिरा पनि समातियो, दुई जना पक्राउ

आइतबार, २० पुस २०७६, १६ : ३३
आइतबार, २० पुस २०७६

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार पनि ५०० ग्राम सुन समातिएको छ । भारतीय नागरिक कोताकुथ किजजाकेथिल नौसादको साथबाट प्रहरीले सुन समातेको हो । 

युएईको सारजाबाट काठमाडौँ आउँदै गरेका नौसादलाई विमानस्थल प्रहरी र भन्सारको संयुक्त टोलीले पक्राउ गरेको विमानस्थलका एसएसपी राम कृपाल साहले रातोपाटीलाई बताए । 

यस्तै  विमानस्थलबाट २०० ग्राम हिरासहित एकजना पक्राउ परेका छन् । मलेसियाबाट नेपाल आएका भारतीय नागरिक मोहम्मद म्यादिन स्थलीको साथबाट हिरा बरामद भएको प्रहरीले जनाएको छ । 

भन्सार कटिसकेका साथलीमाथि शंका लागेर केएमसी अस्पतालमा लगेर मेडिकल गराउँदा पेटमा हिरा लुकाएर ल्याएको भेटिएको हो । 

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ । 

विमानस्थलबाटै पछिल्लो ६ दिनमा ५ किलो सुन बरामद भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप