प्रदेश ३ मा नेकपा र काँग्रेस उम्मेदवारको उम्मेदवारी दर्ता (तस्बिरसहित)

ललितपुर। राष्ट्रिय सभा निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली काँग्रेसले प्रदेश ३ मा उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
आइतबार नेकपाका तर्फबाट वेदुराम भुसाल र गंगा बेल्बासेले उम्मेदवारी दर्ता गराएका हुन् ।
भुसालको प्रस्तावकमा प्रतिनिधि सभा सदस्य रचना खड्का र समर्थकमा चन्द्रागिरी नगरपालिकाकी उपमेयर लिशा नकर्मी रहेका छन् । यस्तै नेकपाकै अर्का उम्मेदवार बेल्बासेका प्रतावक कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापा र ललितपुरका प्रदेश सभा सदस्य राजकाजी महर्जनको समर्थक बसेका छन् ।
उता प्रदेश ३ मा नेपाली काँग्रेसका उम्मेद्वारहरुले पनि उम्मेदवारी दर्ता गराएका छन् ।
ललितपुरको जावलाखेलस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर कांग्रेसका छलीकुमारी उपाध्याय र हरिशरण श्रेष्ठले उम्मेदवारी दर्ता गराएका हुन् ।
उपाध्ययाको प्रस्तावकमा सिन्धुपाल्चोकका प्रदेश सभा सदस्य निमा लामा र अर्का प्रदेश सभा सदस्य विजया श्रेष्ठ केसीको समर्थन रहेको छ ।
अर्का काँग्रेस उम्मेदवार श्रेष्ठले सुनकोशी गाउँपालिकाका प्रमुख श्रवणकुमार जिसी प्रस्तावक र इन्द्रावती गाउँपालिका प्रमुख वंशलाल तामाङको समर्थक राखेर उम्मेदवारी दर्ता गराएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालका १२५ भाषाको लेखन सहजताका लागि एउटै ‘फन्ट’ निर्माण
-
विराट गोल्डकपको उपाधि थ्रीस्टारलाई
-
फराकिलो जित निकाल्दै च्याम्पियन्स लिगको क्वार्टरफाइनल पुग्यो आर्सनल
-
बोरुसिया डर्टमण्ड च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा, अबको भिडन्त बार्सिलोनासँग
-
जलवायु सम्बन्धि कार्यक्रममा सहभागी हुन वनमन्त्री शाही बेलायत प्रस्थान
-
१२ बजे, १२ समाचार : सरकार बनेको ८ महिना वित्दा समेत देखाएनन् मन्त्री र प्रधानमन्त्रीले सम्पत्तिदेखि अमेरिकाको नयाँ कीर्तिमानसम्म