बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अनेरास्ववियुको एकता अस्वीकार्य हुने असन्तुष्ट समूहको चेतावनी

आइतबार, २० पुस २०७६, १४ : १५
आइतबार, २० पुस २०७६

काठमाडौँ । सत्तारुढ दल नेकपा निकट भ्रातृ संगठन अनेरास्ववियु (क्रान्तिकारी) र अनेरास्ववियुको एकता अन्यायपूर्ण भएको भन्दै सच्याउन माग गरिएको छ । 

पुस १८ गते दुई विद्यार्थी संगठनबीच एकता टुङ्ग्याउँदै ३ सय ३५ सदस्यीय केन्द्रीय कमिटी गठन गरिएको थियो । 

नयाँ केन्द्रीय समितिप्रति असहमति जनाउँदै उपाध्यक्ष पञ्चा सिंह, दिपक देवकोटा, रविकिरण यादव लगायतले असन्तुष्टि जनाउँदै निर्णय सच्याउन माग गरेको हो । असन्तुष्ट समूहले पुस १९ गते पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर अन्यायपूर्ण एकता अस्वीकार्य हुने चेतावनी दिँदै ध्यानाकर्षण पत्र बुझाएको छ । 

संगठनमा विधि, पद्धति, क्रियाशीलता र क्षमतावानलाई पूर्वाग्रही ढंगले पाखा लगाउँदै गरिएको एकता आफूहरूलाई अस्वीकार्य हुने असन्तुष्ट समूहले प्रचण्डलाई बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकतापछि  विद्यार्थी संगठनपनि एक भएपनि केन्द्रीय समिति विस्तार भएको थिएन । 

लामो समयपछि गत शुक्रबार अनेरास्ववियूले एकता टुंग्याएको थियो ।

एकताका क्रममा एमाले समर्थित विद्यार्थीबाट एक सय ८० र माओवादी समर्थितबाट एक सय ५५ जना केन्द्रीय कमिटीमा परेका छन् ।

त्यस्तै केन्द्रीय कमिटी सचिवालय एक सय ११ सदस्यीय बनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप