शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

‘साङ्लो’ मा विराजको भरपुर एक्सन

आइतबार, २० पुस २०७६, १३ : ५९
आइतबार, २० पुस २०७६

काठमाडौं । करिव ४ वर्षको अन्तरालपछि अभिनेता विराज भट्ट नेपाली फिल्मको पर्दामा देखिने भएका छन् । उनी आफ्नै निर्माण निर्देशन रहेको फिल्म ‘साङ्लो’बाट पुनः पर्दामा छाउन लागेका हुन् । 

फिल्म ‘साङ्लो’को अहिले ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा फिल्म भित्रको कमेडी, रोमान्स, प्रेम र एक्सनका विषय समेटिएका छन् । ट्रेलरमा विराजको एक्सन अवतार समेत देख्न सकिन्छ ।  फिल्ममा विराजको अलवा ‘मिस नेपाल– २०१७’ की विजेता निकिता चाण्डक, जयनन्द लामा, कामेश्वर चौरसिया, प्रकाश शाह, आरपी पन्त, लय संग्रौला, अमित गिरी, शिशिर भण्डारी, रमेश सोडारी, भिष्म जोशी लगायतका कलाकारको अभिनय छ ।

शिवम् अधिकारीको लेखन, सुरेश अधिकारी र राजनराज शिवाकोटीको संगीत, श्री श्रेष्ठको एक्सन, मानकृष्ण महर्जनको छायाँकन, अर्जुन जिसीको सम्पादन रहेको फिल्ममा कविराज गहतराज र रामजी लामिछानेको नृत्य समेटिएको छ । 

आगामी माघ २४ गतेबाट देशभर रिलिजको तयारीमा रहेको यो फिल्मको केही पहिले ‘चरीले काफल टिप्यो’ गीत सार्वजनिक भएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप