नक्कली नोट सहित एक जना पक्राउ
आइतबार, २० पुस २०७६, १३ : ५८
पर्सा । बीरगंज महानगरपालिका-८ बसपार्कस्थित होटल साह प्याराडाईजबाट नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । सोही महानगरपालिका-१६ नगवा बस्ने २९ वर्षीय रियाज देवानलाई नक्कली भारतीय नोटसहित शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनको साथबाट २ हजार दरका ३ थान नोट गरी ६ हजार नक्कली भारतीय रुपैयाँ सहित नियन्त्रणमा लिएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।