पुस २५ गते अल्फा बिटा अष्ट्रेलियन एजुकेसन फेयर हुँदै
काठमाडौं– अल्फा बिटाले पुस २५ गते शुक्रबार (१० जनवरी) मा नयाँ बानेश्वर स्थित आफ्नै भवन अल्फा बिटा कम्प्लेक्समा अष्ट्रेलियन एजुकेसन फेयर आयोजना गर्ने भएको छ ।
मेला बिहान १० बजेदेखी बेलुकी ५ बजेसम्म सन्चालन हुने छ । अष्ट्रेलियामा अध्ययन गर्न नेपाली विद्यार्थीहरुको आकर्षण बढिरहेको बेला अष्ट्रेलियाका विश्वविद्यालय तथा कलेजहरुका आधिकारिक प्रतिनिधिसहित एकै ठाउँमा विद्यार्थी र अभिभाकलाई सूचना दिने उद्देश्यले मेला आयोजना गर्न लागेको अल्फाबिटाका प्रेसिडेन्ट तथा सि.इ.ओ. द्विराज शर्माले जानकारी दिए ।
मेलामा अष्ट्रेलियाका २० वटा उत्कृष्ट विश्वविद्यालय तथा कलेजहरुको सहभागिता हुनुका साथै विद्यार्थीहरुले अष्ट्रेलियाको शैक्षिक प्रणाली, विश्वविद्यालय, पढाई हुने कोर्षलगाएतका विषयमा सहि सुचना पाउनेछन् । मेलाको उद्घाटन नेपालका लागी अष्ट्रेलियन राजदुत पिटर बडले गर्दैछन ।
सहभागि विद्यार्थीहरुले सो दिन अल्फा बिटाले उपलब्ध गराउने सेवाहरु आइइएलटिएस तथा पिटिइ तयारी कक्षामा ५० प्रतिशत छुट पाउने ब्यवस्था गरिनुका साथै प्रत्येक घण्टा लक्की विनर घोषणा गरिनेछ । मेलामा एक हजार पाँच सय देखि दुइ हजार विद्यार्थी सहभागि हुने अपेक्षा गरिएको छ ।
अल्फा बिटाले अष्ट्रेलिया सहित विश्वका १४ राष्ट्रका ३०० भन्दा बढी उत्कृष्ट विश्वविद्यालय तथा कलेजका लागि परामर्श सेवा उपलब्ध गराउँदै आएको छ । अल्फा बिटाले निरन्तररुपमा विद्यार्थीको गुणस्तरीय शिक्षाका लागि योगदान गरेबापत बिभिन्न पुरस्कार समेत प्राप्त गर्दै आएको छ ।
सन २०१७, २०१८, तथा २०१९ मा आइडिपि आइइएलटिएसको नम्बर १ बिजनेस पार्टनर प्राप्त गर्नुका साथै पियरसनद्वारा सर्टिफिकेट अफ एप्रिसियसनबाट पनि सम्मानित भैसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी
-
नेपाली सेनाले माग्यो विभिन्न पदमा दरखास्त
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
डढेलोमा परेर चरिचरनमा राखिएका मौरीका घार नष्ट, बीमा नहुँदा किसान मर्कामा
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने
-
डढेलो नियन्त्रणमा सरकार संवेदनशील देखिएन: नेता कोइराला