शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सानिमा बैंक पोखराद्वारा हिमालय आँखा हस्पिटललाई वाटर प्यूरीफिकेशन मेसिन प्रदान

आइतबार, २० पुस २०७६, १३ : ११
आइतबार, २० पुस २०७६

पोखरा – सानिमा बैंक लिमिटेड पोखरा न्युरोड शाखाद्वारा हिमालय आँखा हस्पिटलमा आउने दैनिक करिब ५०० जना आँखा सम्बन्धी बिरामीहरु एवम् हस्पिटलका कर्मचारीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै वाटर प्यूरीफिकेशन मेसिन प्रदान गरेको छ ।

बैंकको सामाजिक संस्थागत उत्तरदायित्व कार्यक्रम अन्तर्गत यही पौष १९ गते शनिबार पोखरा मा.न.पा. वडा नं. १७ घारीपाटन स्थित हिमालय आँखा हस्पिटललाई वाटर प्यूरीफिकेशन मेसिन प्रदान गरिएको बैंकले जनाएको छ ।

उक्त मेसिन सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दाहालद्वारा हिमालय आँखा हस्पिटलका प्रमुख मेडिकल डाईरेक्टर डा. ईन्द्रमान मर्हजनलाई हस्तानतरण गरे । 

साथै, दाहालले आगामी दिनहरुमा पनि थप आवश्यक सहयोगहरु उपलब्ध गर्दै जाने बताए । त्यसैगरी, हिमालय आँखा हस्पिटलका प्रमुख मेडिकल डाईरेक्टर डा. ईन्द्रमान मर्हजनले सानिमा बैंकको सहयोग प्रति हार्दिक आभार व्यक्त गरे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप