केन्द्रीय समिति र सभामुखबारे छलफल गर्न नेकपा बैठक
आइतबार, २० पुस २०७६, १० : १४

काठमाडौँ । केन्द्रीय समिति बैठक र सभामुख चयनका विषयमा छलफल गर्न सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ( नेकपा)को सचिवालय बैठक बसिरहेको छ ।
बिहान नौ बजेबाट प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा जारी बैठकमा केन्द्रीय समिति बैठक निर्धारित समयमा बस्ने वा केही दिनपछि सार्ने भन्नेमा छलफल गर्ने नेताहरुले बताएका छन् । त्यस्तै सभामुखको उम्मेदवार छनोटका विषयमा पनि छलफल हुन सक्ने सचिवालय सदस्य झलनाथ खनालले जानकारी दिए ।
यसअघि गत पुस ६ गते सम्पन्न नेकपाको स्थायी समिति बैठकले यहि पुस २३ गतेबाट काठमाडौमा केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको थियो ।