मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

गायक सीताराम ‘ग्लोबल इन्टरनेशनल अवार्ड’ बाट सम्मानित

आइतबार, २० पुस २०७६, १० : ०७
आइतबार, २० पुस २०७६

काठमाडौं । वरिष्ठ गायक सिताराम पोखरेल ‘ग्लोवल इन्टरनेशनल अवार्ड २०१९’बाट सम्मानित भएका छन् । वल्र्ड वाइड मिडिया इन्टरनेशनलद्वारा हालै थाइल्याण्डमा आयोजित एक अवार्ड कार्यक्रममा उनलाई सो सम्मान गरिएको हो ।

कार्यक्रममा थाइल्याण्डमा प्रसिद्ध प्रर्यटन व्यवसायी एनोथाई थोङ्गथानोम, आयोजक संस्थााका सभापति आरके श्रेष्ठ  लगायतले पोखरेललाई खादा तथा सम्मान पत्रद्धारा सम्मानित गरेका थिए । नेपाली गीत संगीतलाई राष्ट्रिय तथा अन्तारष्ट्रिय क्षेत्रमा पुर्याउन उल्लेखनीय योगदान पुर्याएकोमा पोखरेललाई सम्मान गरिएको हो ।

विगत ३ दशकदेखि गायनमा सक्रिय पोखरेलका दजनौं गीत संगीतले सांगीतिक क्षेत्रमा चर्चामा छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप