शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कामना फिल्म अवार्ड: नीर शाहलाई लाइफ​टाइम; उत्कृष्ट अभिनेता, अभिनेत्री बिपिन र नम्रता

आइतबार, २० पुस २०७६, ०९ : ४०
आइतबार, २० पुस २०७६

काठमाडौं । वरिष्ठ फिल्मकर्मी नीर शाह ‘कामना लाईफ​टाईम​ एचिभ​मेन्ट​ अवार्ड २०७६’ बाट सम्मानित भएका छन् । शनिबार अबेर साँझ ललितपुरस्थित हेरिटेज गार्डेनमा सम्पन्न ‘कामना फिल्म अवार्डस् २०७६’ समारोहमा उनलाई सो सम्मान प्रदान गरिएको हो ।

नगद १ लाख रुपैयाँसहितको सम्मान शाहलाई कामना प्रकाशनका अध्यक्ष एवं सिईओ दिरेकलाल श्रेष्ठ, सिजी ईन्टरटेन्मेन्टकी प्रवन्ध निर्देशक मेघा चौधरी, कामना मासिकका सम्पादक विदुर गिरी, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र शसस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले संयुक्त रुपमा प्रदान गरे । शाह अभिनेता, निर्माता, निर्देशक तथा गीतकार पनि हुन् ।

कार्यक्रममा प्राविधिक तर्फको ‘कामना लाईफ​टाईम​ एचिभमेन्ट​ अवार्ड २०७६’ मेकअप आर्टिष्ट सन्तु तामाङलाई प्रदान गरियो । तामाङलाई पर्दा पछाडी रहेर पुर्‍याएको महत्वपूर्ण योगदानको कदर गर्दै नगद १ लाख रुपैयाँ सहितको यो सम्मान दिइएको हो ।

नेपाली फिल्म र फिल्मकर्मीको सम्मानमा सिजी इन्टरटेनमेन्टसँगको सहकार्यमा कामना मासिकले प्रत्येक वर्ष आयोजना गर्दै आएको ‘सिजी कामना फिल्म अवार्ड’को पाँचौ संस्करणमा फिल्म ‘प्रसाद’ले आफ्नो वर्चश्व जमाएको छ । फिल्मले उत्कृष्ट फिल्म, अभिनेता, अभिनेत्री, निर्देशन र पटकथा समेत गरेर ५ विधामा अवार्ड हात पारेको छ ।

प्रसादबाट अभिनेतामा बिपिन कार्की, अभिनेत्रीमा नम्रता श्रेष्ठ, निर्देशकमा दिनेश राउत, पटकथा तर्फ सुशिल  पौडेलले अवार्ड प्राप्त गरेका थिए । तर अभिनेता बिपिन कार्की, अभिनेत्री नम्रता श्रेष्ठ, निर्देशक दिनेश राउत भने अवार्ड थाप्न आएनन् ।

प्रतिस्पर्धात्मक २६ विधा र अन्य ९ गरी कुल ३५ विधामा अवार्ड प्रदान गरिएको समारोहमा लोकप्रिय १४ विधामा भोटिङको व्यवस्था गरिएको थियो । जसमा जुरीको ९० र भोटीङको १० प्रतिशत अंक जोडीएको आयोजकले जानकारी दियो ।

‘पुस्करलाल मिडिया अवार्ड’बाट आर. के मानन्धर सम्मानित भएको अवार्ड समारोह गीत, संगीत, नृत्य र ठट्यौलीजस्ता विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिका साथमा आयोजना भएको थियो ।

शनिबार उपत्यकामा देखिएको चिसोको मौसमका बावजूद पनि अवार्ड समरोहमा सहभागी हुन भुवन केसी, नीर शाह, करिश्मा मानन्धर, रमेश उप्रेती, दीपाश्री निरौला, पूजा शर्मा, पल शाह, सेड्रिना शर्मा, हरिहर शर्मा, मिथिला शर्मा, निर्मल शर्मा, गौरी मल्ललगायत थुप्रै नयाँ, पुराना, हिट फ्लप कलाकलार पुगेका थिए । अवार्ड समारोहको सुरुवात अभिनेता राजेश हमालले गरेका थिए ।

अवार्ड विजेताको सूची

उत्कृष्ट फिल्म​: प्र​साद

उत्कृष्ट निर्देश​क : दिनेश​ राउत​ (प्र​साद​)

उत्कृष्ट अभिनेता: विपिन​ कार्की (प्र​साद​)

उत्कृष्ट अभिनेत्री: न​म्र​ता श्रेष्ठ​ (प्र​साद​)

काम​ना प​ब्लिक च्वाईस​ अवार्ड​: स्व​स्तिमा ख​ड्का

उत्कृष्ट स​ह अभिनेता: द​याहाङ राई (साइँली)

उत्कृष्ट स​ह अभिनेत्री: प्रियंका कार्की (नाईं न​भ​नू ल​ ५)

उत्कृष्ट डेब्यू नाय​क: उमेश​ थापा (बोबी)

उत्कृष्ट डेब्यू नायिका: सुहाना थापा (ए मेरो ह​जुर ३)

सिजी क्रिटिक्स​ अवार्ड​ थिएट​र: सिर्ज​ना सुब्बा

सिजी क्रिटिक्स​ अवार्ड​ फेश​न: ज्ञानी शोभा तुलाधार​

सिजी क्रिटिक्स​ अवार्ड​ संगीत: न्ह्यु ब​ज्राचार्य​

काम​ना जुरी अवार्ड​: फिल्म 'ह​री'

उत्कृष्ट कथाकार: ख​गेन्द्र​ लामिछाने (ड​म​रुको ड​ण्डीबियो)

उत्कृष्ट डेब्यू निर्देश​क: छेतेन​ गुरुङ (ड​म​रुको ड​ण्डीबियो)

उत्कृष्ट ख​ल​पात्र: प्र​मोद​ अग्र​ह​री (कथा काठ​माण्डु)

उत्कृष्ट स​म्पाद​क: निमेष​ श्रेष्ठ​ (ड​म​रुको ड​ण्डीबियो)

उत्कृष्ट पट​कथा​: सुशिल​ पौडेल​ (प्र​साद​)

उत्कृष्ट संवाद: दीप​कराज​ गिरी (छ​क्का प​ञ्जा ३)

उत्कृष्ट हास्य​कलाकार: केदार​ घिमिरे (छ​क्का प​ञ्जा ३)

उत्कृष्ट बाल​कलाकार​: सेड्रिना श​र्मा (नाईं न​भ​नू ल​ ५)

उत्कृष्ट कोरियोग्राफ​र: कविराज​ ग​ह​त​राज​ (छ​क्का प​ञ्जा ३)

उत्कृष्ट द्व​न्द्व​ निर्देश​क: शुक्र​राज​ शाह​ (भिलेन​)

उत्कृष्ट पाश्र्व​ संगीत: एलिश​ कार्की (ड​म​रुको ड​ण्डीबियो)

उत्कृष्ट संगीत​कार​: ब​स​न्त​ साप​कोटा (नाई न​भ​नु ल​ ५)

उत्कृष्ट गीत​कार​: दिनेश​ थ​प​लिया ( तिम्रो आँखामा (नाईं नभन्नू ल​ ५)

उत्कृष्ट गाय​क: हेम​न्त​ राना म​ग​र​ (साइँली)

उत्कृष्ट गायिका: अञ्जु प​न्त​ ( सँग​सँगै –बाँध​ मायाले)

उत्कृष्ट छायाँकार: पुरुषोत्त​म​ प्र​धान​ (नाईं न​भ​न्नू ल​ ५)

उत्कृष्ट ध्व​नी मिश्र​ण​: सुन​य​मान​ श्रेष्ठ​ (छ​क्का प​ञ्जा ३)

उत्कृष्ट श्रृ​ङ्गार​ : श्याम​ लामा (च​क्कर​)

लाईफ​टाईम​ एचिभ​मेन्ट​ अवार्ड​ कला : नीर​ शाह​

लाईफ​टाईम​ एचिभ​मेन्ट​ अवार्ड​ प्राविधिक : स​न्तु तामाङ​

‘पुस्करलाल मिडिया अवार्ड’ : आर. के मानन्धर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप