शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

इरानद्वारा अमेरिकी सरकारी वेबसाइट ह्याक

आइतबार, २० पुस २०७६, ०९ : १३
आइतबार, २० पुस २०७६

आफूलाई इरानको बताउने ह्याकरले अमेरिकाको सरकारी वेबसाइट ह्याक गरेको छ ।

अमेरिकन फेडरल डिपोजिटरी लाइब्रेरी प्रोग्राम (एफडीएलपी) लगइन गर्ने प्रयोगकर्ताले ‘इस्लामिक रिपब्लिक अफ इरान’ लेखिएको कालो ह्याक गरिएको वेब पेज देखिरहेका छन् ।

यसमा डोनल्ड ट्रम्पलाई इरान लेखिएको मुड्कीले गालामा हानिरहेको र ट्रम्पको मुखबाट रगत देख्न सकिन्छ ।

यसमा इरानियन ह्याकरले जिम्मेवारी लिएको बताएपनि इरानले नै अमेरिकाको यो सरकारी वेबसाइट ह्याक गरेको भन्ने कुनै प्रमाण भने भेटिएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप