इन्डोनेसियामा बाढी र पहिरोमा मृत्यु हुनेको सङ्ख्या ५३ पुग्यो, करिब दुई लाख विस्थापित

एजेन्सी । इन्डोनेसियाको राजधानी जाकार्तामा बाढी र पहिरोबाट मृत्यु हुनेको सङ्ख्या शनिबार ५३ पुगेको छ । अङ्ग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा जाकार्तामा आएको मुसलधारे वर्षाका कारण बढेका नदी तथा खोलाहरूको पानी जाकार्ताको होचा भागहरू रहेका वस्तीमा छिरेका कारण राजधानी जलमग्न बनेको थियो । वर्षाका कारण जाकार्ता वरपरका क्षेत्रमा पहिरोहरू समेत गएका छन् ।
इन्डोनेसियाको राष्ट्रिय विपत व्यवस्थापन निकायका प्रवक्ता एगुस विबोओका अनुसार वर्षापछि एक्कासी वस्तीहरू जलमग्न हुँदा नदीको किनार क्षेत्रका वासिन्दा डुबेर वा बिजुलीको झड्का लागि मृत्यु भएका हुन् । यद्यपि यो सङ्ख्या डिसेम्बर ३१ पछि शनिबारसम्मको हो । बान्टेन प्रान्तको लेबाकमा अझै एक जना परिवारको सम्पर्कमा नआएको विबोओले बताए ।
राष्ट्रिय विपत व्यवस्थापन निकायले पछिल्लो तथ्याङ्कमा बाढीका कारण विस्थापित व्यक्तिको सङ्ख्या एक लाख ७३ हजार ६४ मा झरेको जनाएको छ । शुक्रबारको तथ्याङ्कमा बाढी तथा पहिरोका कारण विस्थापितको सङ्ख्या तीन लाख ९० हजार पुगेको उल्लेख गरिएको थियो ।
बाढी राजधानी शहर र वरपरका धेरै स्थानमा पसेको र यसको व्यवस्थापनमा तत्काल कठिनाई भएको भएपनि विस्तारै उद्धार सेवा सबैस्थानमा पुगिसकेको उक्त निकायका व्यवस्थापकीय प्रमुख बमबाङ सूर्य पुत्रले बताए । Photo: AP
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२०८४ को चुनावमा भाग लिन पूर्वराजा ज्ञानेन्द्र शाहलाई कांग्रेस सांसदको सुझाव
-
संसद्मा नेकपा माओवादी केन्द्रले माग्यो प्रधानमन्त्रीको राजीनामा
-
रौतहटमा युवकको शव फेला
-
अस्ट्रेलियाको भनेर भारतको राष्ट्रगान बजाएपछि पाकिस्तान क्रिकेट बोर्ड आईसीसीसँग रुष्ट
-
‘पहाड’ को छायाङ्कन पुनः सुरु
-
पूर्वराजालाई स्पेस दिनुपर्छ, म गणतन्त्रको विरोध गरिरहन्छु : लिङ्देन