शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सबै जनतालाई सुरक्षित घरमा राख्छौँ: मन्त्री अर्याल

शनिबार, १९ पुस २०७६, २२ : १२
शनिबार, १९ पुस २०७६

स्याङजा । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सरकारले सबै जनतालाई सुरक्षित घरमा राख्ने बताएकी छिन् ।
सुरक्षित जनता आवास कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उनले खरका छाना विस्थापित गरेर जनतालाई जस्तापाता लगाइएको सुरक्षित घरमा राख्ने अभियानमा सरकार लागेको जानकारी दिइन् ।  

मन्त्री अर्यालले भनिन्, ‘सरकार सन् २०३० सम्म  गरिबी निर्मूल पार्ने अभियानमा लागेको छ । यसैको थालनी स्वरुप सुरक्षित जनता आवास कार्यक्रम कार्यान्वयनमा आएको हो । 
जिल्लाको वालिङ, गल्याङ, चापाकोट, भीरकोट नगरपालिका र कालीगण्डकी गाउँपालिका पाँच पालिकाका २५० खरका छाना विस्थापित गरेर जस्तापाला लगाइने जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप