शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

मकवानपुरबाट ५५ केजी गाँजासहित ४ जना पक्राउ

शनिबार, १९ पुस २०७६, २२ : ०८
शनिबार, १९ पुस २०७६

काठमाडौं । पचपन्न केजी गाँजासहित चार जना पक्राउ परेका छन् । तीन भारतीय  र एक  नेपालीलाई आज मकवानपुरबाट पक्राउ गरिएको प्रहरीले बताएको छ । 

करिब २० केजी गाँजासहित मकवानपुरको राक्सीसाङ गाउँपालिका–५ का राजकुमार मोक्तान र ३५ केजी लागुपदार्थसहित भारत मोतीहारीका दिलीपकुमार सिंहसहित अन्य दुई जनालाई आज हेटौँडाको रातमाटेबाट पक्राउ गरिएको हो । पक्राउ परेका भारतीयले आफ्नै देशमा दर्ता भएको निजी कार र अभियुक्त मोक्तानले मालबाहक ट्रक गाँजा तस्करीमा प्रयोग गरेको बताउँदै त्यससम्बन्धमा आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप