इरानी सेनाका कमाण्डर मारिएपछि संयमता अप्नाउन म्यार्कों र पुटिनको आग्रह

इरानका एक जना उच्च तहका कमाण्डर मारिएपछि हिंसा थप भड्किन नदिन फ्रान्सका राष्ट्रपति एम्मानुएल म्यार्कों र उनका रुसी समकक्षी म्लादिमिर पुटिनबीच शुक्रबार फोनवार्ता भएको छ ।
इरानका सवै पक्ष विपक्षलगायत राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा नै संयमता अप्नाउन उनीहरुले आह्वान गरेका छन् ।
खतरनाक घटना हुन नदिनका लागि छिमेकी देशसँग निरन्तर सम्पर्कमा र नजिक रहेर संयमताका लागि आग्रह गरेको बताइएको छ ।
दुई नेताबीचको शुक्रबारको वार्तामा पछिल्लो परिस्थितिको छलफल भएको बताइएको छ । राष्ट्रपति म्यार्कों सन् २०१५ मा परमाणु सम्झौतामा हस्ताक्षर भएको बारेमा थप समन्वय गर्न आवश्यक रहेको बारे जोड दिएका थिए ।
केहीदिन अघि बग्दादस्थित अमेरिकी दूतावासमा आक्रमण भएपछि इराक, इरान र अमेरिकाकाबीचमा विबाद थप चर्किदै गएको छ । अमेरिका र इरानका शिर्ष नेताले एक अर्कोलाई चेतावनी दिने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौंमा ‘डिजिटल अपराधसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन’ हुने, प्रधानमन्त्री ओलीले उदघाटन गर्ने
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)