सन्दीपको उत्कृष्ट बलिङमा मेलबर्न स्टार्सको पाँचौँ जित
![सन्दीपको उत्कृष्ट बलिङमा मेलबर्न स्टार्सको पाँचौँ जित](https://rpcdn.ratopati.com/media/albums/Sandeep-02_Tar33Fr3Gb.jpg)
काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछानेको उत्कृष्ट बलिङसँगै बिग बास लिग (बीबीएल) क्रिकेटमा मेलबर्न स्टार्सले पाँचौ जित हात पारेको छ । शनिबार भएको खेलमा स्टार्सले मेलबर्न रेनेगेड्सलाई ८ विकेटले पराजित गरेको हो ।
स्टार्सलाई पाँचौ जित दिलाउने क्रममा सन्दीपले ३ विकेट लिएका थिए । सुरुवाती दुई ओभरमा विकेट विहीन सन्दीप तेस्रो ओभरमा २ र चौंथो ओभरमा १ विकेट लिन सफल भएका हुन् ।
यससँगै यस सिजन सन्दीपले ५ खेलमा ६ विकेट लिन सफल भएका छन् । यता आजको जितसँगै स्टार्स पनि अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । मेलबर्न क्रिकेट मैदानमा रेनेगेड्सले दिएको १ सय ४३ रनको लक्ष्य स्टार्सले १८ ओभर ५ बलमा मात्र २ विकेट गुमाएर भेटाएको थियो ।
स्टार्सको जितमा मार्कुस स्टोनीसले अविजित रहदै ६८ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कप्तान ग्लेन म्याक्सवेलले अविजित ४० रन बनाए । रेनेगेड्सका केन रिचार्डसन र रिचार्ड ग्लिसनले १–१ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको रेनेगेड्सले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४२ रन बनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त
-
लिभरपुल, आर्सनल र न्यूक्यासल काराबाओ कपको सेमीफाइनलमा
-
आज कसलाई कति शुभ ? हेर्नुहोस् राशिफल
-
विदेशी मुद्राको विनिमय दर, कसको मूल्य कति पुग्यो ?