बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सन्दीपको उत्कृष्ट बलिङमा मेलबर्न स्टार्सको पाँचौँ जित

शनिबार, १९ पुस २०७६, १७ : ४०
शनिबार, १९ पुस २०७६

काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछानेको उत्कृष्ट बलिङसँगै बिग बास लिग (बीबीएल) क्रिकेटमा मेलबर्न स्टार्सले पाँचौ जित हात पारेको छ । शनिबार भएको खेलमा स्टार्सले मेलबर्न रेनेगेड्सलाई ८ विकेटले  पराजित गरेको हो । 

स्टार्सलाई पाँचौ जित दिलाउने क्रममा सन्दीपले ३ विकेट लिएका थिए । सुरुवाती दुई ओभरमा विकेट विहीन सन्दीप तेस्रो ओभरमा २ र चौंथो ओभरमा १ विकेट लिन सफल भएका हुन् ।

यससँगै यस सिजन सन्दीपले ५ खेलमा ६ विकेट लिन सफल भएका छन् । यता आजको जितसँगै स्टार्स पनि अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । मेलबर्न क्रिकेट मैदानमा रेनेगेड्सले दिएको १ सय ४३ रनको लक्ष्य स्टार्सले १८ ओभर ५ बलमा मात्र २ विकेट गुमाएर भेटाएको थियो । 

स्टार्सको जितमा मार्कुस स्टोनीसले अविजित रहदै ६८ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कप्तान ग्लेन म्याक्सवेलले अविजित ४० रन बनाए । रेनेगेड्सका केन रिचार्डसन र रिचार्ड ग्लिसनले १–१ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको रेनेगेड्सले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४२ रन बनाएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप