स्कुटरको ठक्करबाट भारतीय नागरिकको मृत्यु
शनिबार, १९ पुस २०७६, १६ : १६
भक्तपुर । स्कुटरको ठक्करबाट एक जना भारतीय नागरिको मृत्यु भएको छ ।
शनिबार भक्तपुर नगरपालिका वडा नम्बर १, सिर्जनानगरस्थित अरनीको राजमार्गमा भारतीय एन एल ०१ ए डी ५९१८ नम्बरको कन्टेनरका सहचालक जिल्ला फरकुवाबाद भारत बस्ने बर्ष २५ नरेन्द्र पालको मृत्यु भएको हो ।
गाडी पछाडि हटाउनका लागि साईड माग्ने क्रममा सोही दिशाबाट आईरहेको बा ९२ प ३४०९ नं.को स्कुटीले सहचालक पाललाई ठक्कर दिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।
ठक्कर दिदा घाइते भएका सहचालकलाई उपचारका लागि डा.ईवामुरा मेमोरियल अस्पताल भक्तपुर ल्याइएकोमा उपचारकै उनको मृत्यु भएको हो ।
प्रहरीले स्कुटर चालक भक्तपुरको सूर्यविनायक नगरपालिाका ९ नलिनचोकका ३८ वर्षीय बसन्त देउजा र स्कुटरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अबको रणनीति स्वदेशी उत्पादनको वृद्धि गरी निर्यात बढाउनु हो : मन्त्री भण्डारी
-
सरकारले ‘नेपाल स्वास्थ्य सम्मेलन–२०२४’ आयोजना गर्दै
-
युवालाई दक्षताअनुसारको रोजगारी दिनुपर्छ : सभापति देउवा
-
खाता रोक्काको औपचारिक जानकारी छैन : राष्ट्र बैंक
-
यातायात व्यवसायीले तिर्नुपर्ने स्थानीय कर वैज्ञानिक ढंगले निर्धारण गर्न रास्वपाको माग
-
रुस र पूर्वी युरोपमा कम्युनिस्टले आफ्नो धरातल गुमाएकै हो : सर्गेई मलिन्कोभिच