शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कार दुर्घटनामा हड्डी धुलो भएपछि एक इन्जिनियर महिलाले शरीरलाई नै कम्प्युटरमा रुपान्तरण गरिन्

शनिबार, १९ पुस २०७६, १४ : ३६
शनिबार, १९ पुस २०७६

एजेन्सी । अमेरिकाकी एक महिला इन्जिनियरले कार दुर्घटनापछि आफ्नो शारीरमा पुगेको क्षतिबाट दैनिक काममा अवरोध आउन दिइनन् । उनले दुर्घटनापछि आफूलाई हिँडडूल गर्ने कम्प्युटरमा रुपान्तरण गरिन्, जसको फलस्वरुप उनी अहिले आफ्ना हरेक काम आफै गर्छिन् । 

अमेरिकामा बस्ने ३१ वर्षकी इन्जिनियर विन्टर मेराजको कार दुर्घटनापछि घुँडाको हड्डी धुलोपिठो भएको थियो । 

तथापि उनले दुर्घटनापछि हार मानिनन् र आफूलाई अलग अलग प्रत्यारोपणमार्फत दैनिक कामको लायक बनाइन् । 

लिभरपुल क्षेत्रमा बसोबास गर्ने विन्टरले प्रत्यारोपण मार्फत आफ्नो शरीरमा माइक्रोचिप्स लगाएर यसको योग्य बनाएकी हुन् । 

अहिले माइक्रोचिप्सको सहयोगले विन्टर इमेल पठाउँछिन् र घरको ढोका पनि खोल्छिन् । यति मात्र होइन उनले आफ्नो हातमा एलईडी लाइट्स र औलामा चुम्बक लगाएकी छन् जसको सहयोगले उनी घरको कार्यालयमा आफ्नो काम गर्छिन् । 

संचारमाध्यमसँग कुरा गर्ने क्रममा प्रत्यारोपणबारे बोल्दै विन्टरले अपरेशनबाट आफूले मानसिक ‘अवरोध’लाई तोड्न सकेको बताइन् । यसको सहयोगले उनले आफैलाई थप अगाडि बढाउने काम गरिन् । 
‘ मैले कसैमाथि भर नपरी मेरो समस्याबाट छुटकारा पाउने उपाय निकालेको हुँ ,’ विन्टरले भनिन् ।

विन्टरले हातमा लगाएको माइक्रोचिपमार्फत ढोका खोल्न सकिने, उनको व्यवसायसम्बद्ध हरेक जानकारी पनि आदानप्रदान गर्न सक्ने बताइन् । स्मार्टफोनमार्फत उनी आफ्नो अत्यावश्यक जानकारी अरुलाई दिन सक्छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप