बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

क्यानडामा नेपाल भ्रमण वर्षको प्रचारप्रसार

शनिबार, १९ पुस २०७६, १० : ५३
शनिबार, १९ पुस २०७६

टोरोन्टो । क्यानडाबासी नेपालीहरुले अंग्रेजी वर्ष २०२० लाई स्वागत गर्दै नेपाली टोपी दिवस मनाएका छन् । 

टोरोन्टो, ब्राम्पटन र मिसिसागामा एनआरएनए क्यानडा र विभिन्न स्थानीय संघसंस्थाहरुको संयुक्त आयोजनामा नेपाल भ्रमण वर्ष २०२० को पनि प्रचारप्रसार गरिएको छ । 

यस्तै अन्य सहरहरुमा पनि विभिन्न प्लेकार्ड र ब्यानरका साथमा नेपाल भ्रमण वर्षको प्रचार प्रसारसँगै नेपाली टोपी दिवस मनाइएको छ । 

टोरोन्टोको अति व्यवस्त मानिएको डण्डास क्वायर क्षेत्रमा नेपाली समुदायका प्रतिनिधिहरुले नेपाली झण्डा र व्यानर फहराउँदै नेपाल भ्रमण वर्षको प्रचारप्रसार गरेका छन्। 

कार्यक्रमलाई एनआरएनए क्यानडाका अध्यक्ष चिरञ्जिवी घिमिरे, महासचिव पिताम्बर भट्टराई, उपाध्यक्ष हेमन्त थापा, उज्वललगायत संघसंस्थाका प्रतिनिधिहरुले सम्बोधन गरेका थिए । 

यसअघि एनआरएन क्यानडा, नेपाली साहित्य समाज क्यानडा, एनसीसी एसीसी (कम्युनिटी हाउस) र कास्की समाज क्यानडाको संयुक्त आयोजनामा ब्राम्पटन मिसिसागामा पनि सातौं अन्तर्रा्ष्ट्रिय नेपाली टोपी दिवस मनाइएको थियो । 

उक्त कार्यक्रममा नेपाली संस्कृति र परम्परा झल्कने खालका पहिरन र नेपाली टोपीसहित सहभागीहरुले नेपाली टोपीको महिमा र नेपाल भ्रमण वर्ष २०२० को विषयमा प्रकाश पारेका थिए । 

प्रमुख अतिथि अन्टारियो मिनिष्टर परममित सरकारिया र विशेष अतिथि एमपीपी दीपक आनन्दले उक्त कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

एनआरएन उपाध्यक्ष विजय पौडेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा एनआरएन आइसीसीका मानार्थ सदस्य रविन्द्र घिमिरे, एनआरएन क्यानडाका सल्लाहकार ढुण्डिराज खनाल, प्रवासी नेपाली एकता मन्चबाट महासचिव अशोक खड्का, एन सी सी एसबाट अध्यक्ष विदुर केसी, जनसम्पर्क समितिबाट अध्यक्ष सुरेन्द्र खड्का, जनसम्पर्क समितिबाट महामन्त्री वसन्त कार्की, नेपाल साहित्य समाजका अध्यक्ष रविन थपलिया कम्युनिटी हाउसका अध्यक्ष तुलसी सापकोटाले  महिला चौतारीबाट गिता दवाडी, जनजाति महासंघबाट उपाध्यक्ष याम गुरुङ, क्रिकेट क्लबबाट किरोज श्रेष्ठ, कम्युनिटी हाउसबाट महासचिव वाल चन्द्र श्रेष्ठले टोपी दिवस तथा भिजिट नेपाल २०२० को विविध पक्षमा आफ्ना धारणा राखेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप