सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

निर्माता छविराज ओझाको जीवन : ‘प्रेममा धेरै धोका भयो, अब त्यतातिर सोच्दिनँ’

प्रेम गर्दासम्म ठीक छ, घर भित्र्याएपछि कुरै मिल्दैन
शनिबार, १९ पुस २०७६, ०९ : ४३
शनिबार, १९ पुस २०७६

चलचित्र क्षेत्रमा बाघ निर्माताका रूपमा चिनिन्छन् छविराज ओझा । कहिले फिल्म त, कहिले पत्नीका कारण उनी मिडियामा छाइरहने व्यक्ति पनि हुन् । केही पहिले उनी पत्नी अभिनेत्री शिल्पा पोखरेलसँगको पारिवारिक किचलोका कारण मिडियाको हिट लिस्टमा थिए । उक्त किचलो मिलेको त छैन तर विवाद भने केही साम्य भएको छ । २०४० सालबाट चलचित्र क्षेत्रमा क्रियाशील उनले २३ फिल्म बनाएका छन् । फिल्म निर्माणको सिलसिलामै ४ पत्नीका श्रीमान् समेत बनेका उनी अहिले भने एक्लो छन् । ४ पटक प्रेम विवाह गरे पनि अहिले एक्लै रहनुपर्दा उनको अहिले प्रेमबाट विश्वास उडेको छ । गहिरिएर नियाल्ने हो भने उनको जीवनका पाटाहरु उनले बनाएका फिल्मजस्तै उतार चढावले भरिएका पनि छन् । त्यही भएर रातोपाटीको मेरो जीवन स्तम्भमा आज हामीले उनका जीवनमा पाटाहरु खोतल्ने प्रयाश गरेका छौँ ।

मेरो खाना

घरकै साधारण नेपाली खाना दालभात तरकारी मीठो लाग्छ । बाहिरको मनपर्ने थकाली खाना हो । चाउचाउ, चाउमिन मननपर्ने खाने कुरा हो । बेलुकाको समय प्रायः रेस्टुरेन्टमा नै हुन्छु । काठमाडाँैमा पहिलेदेखि नै बिहान र बेलुका रेस्टुरेन्टमा खाना खाइथ्यो ।

अहिले साथीभाइ भेट्ने, कामको सल्लाह गर्नेदेखि खाना खानसमेत रेस्टुरेन्ट गइन्छ । पहिले पहिले रेस्टुरेन्टमा मटन धेरै खान्थेँ । अहिले उमेर बढेकाले पनि चिकेनका आइटम र एक दुई प्याक मापसे गर्छु । मलाई पकाउन रुचि छ । सबैथोक पकाउन आउँछ । म अहिले पनि बिहानको खाना सधैँ आफै बनाउँछु । 

साधारण पहिरन मनपर्छ । प्रायः  लगाउने सर्टपाइन्ट नै हो । केही समय भयो ढाकाको टोपी नियमित लगाउन थालेकी छु । कालो कलरको पहिरन मनपर्छ । पहिरन ब्रान्डेड हेर्दिनँ । धेरैजसो पहिरन आफूलाई मन परेको कपडा किनेर सिलाउने गर्दछु । म पहिरन धेरै नफेर्ने मानिस भएकाले वर्षमा १५ हजार जतिले पोसाक खर्च पुग्छ ।

मेरो फिट्नेस

बिहान नियमित एक्सरसाइज गर्ने बानी छैन । घरमा ट्रेडमिल, साइकल पनि छ । तर त्यो त्यसै छ । प्रयोग भएको छैन । मेरो घर गुह्येश्वरी मन्दिरमा भएकाले फुर्सद हुँदा मन्दिर घुम्ने गरेको छु । म बिहान चाडो उठ्न सक्दिन । फिट्नेसका लागि जुनैबेला भए पनि दिनको एक घण्टा हिँड्छु ।

मेरो अध्ययन

पहिले नियमित पुस्तक पढ्थेँ । अचेल आँखाको कारण अध्ययन समस्या छ । मैले पछिल्लो समय विनोद चौधरी, मह जोडीले ल्याएका पुस्तक पढेको छु । पहिले हिन्दी, नेपाली सबै प्रकारका उपन्यास नियमित पढ्थेँ । वेदप्रकाश शर्मा भन्ने लेखकले लेखेको पुस्तकको सबै सिरिज पढेको छु । कहिलेकाहीँ साथीसँग मनपर्ने पुस्तक भेटँेभने पढ्छु । पुस्तक पढ्ने बेलुका नै हो । व्यक्तिका जीवनी, ठूल्ठूला व्यक्तिको जीवन कथा, सङ्घर्ष आदि पढ्न मनपर्छ ।

अहिले मसँग फुर्सदैफुर्सद छ । समय पास गर्न कान्तिपुर एकेडेमी आउँछु । एफडी कम्पनी जान्छु । केही वर्ष अगाडि रिलिज भएको मङ्गलम् पछि मैले फिल्म बनाएको छैन । त्यही भएर पनि फुर्सद भएको हो । इटहरीमा एउटा हल पार्टनरसिपमा सञ्चालनमा भर्खर भर्खर आएको छ । दमकमा पनि पार्टनरसिपमा खोलेका छौँ ।

मेरो घुमफिर

मलाई पेसाले नै घुमाउने गरेको छ । घुमफिरतिर धेरै रुचि छ । भारतका ठूलो सहरहरु सबै घुमेको छु । नेपालका पनि धेरै ठाउँ पुगेको छु । विदेशमा इजरायल, बङ्गलादेश, मलेसिया, सिङ्गापुर, केही दिन अगाडि अमेरिका घुमेँ । जापानका लागि भिसा लागेको थियो । बिरामी भएर जान पाइनँ । अब अस्ट्रेलिया घुम्न जाँदैछु । त्यसपछि लन्डन जान्छु । अबको बाँकी जिन्दगी काम गरेरभन्दा पनि घुमेर बिताउने सोच छ । आफ्नो देशको त तराई, पहाड सबै घुमेको छु । अब विदेश धेरै घुम्नुपर्छ भन्ने लागेको छ ।

मेरो फुर्सद

अहिले मसँग फुर्सदैफुर्सद छ । समय पास गर्न कान्तिपुर एकेडेमी आउँछु । एफडी कम्पनी जान्छु । केही वर्ष अगाडि रिलिज भएको मङ्गलम् पछि मैले फिल्म बनाएको छैन । त्यही भएर पनि फुर्सद भएको हो । इटहरीमा एउटा हल पार्टनरसिपमा सञ्चालनमा भर्खर भर्खर आएको छ । दमकमा पनि पार्टनरसिपमा खोलेका छौँ ।

केही समययता हल सञ्चालनतिर  दिएकाले पनि फिल्म बनाउन ढिलो भयो । अहिले फिल्म बनाउँछु भनेर लागेको छु । कथा लेखनको काम पनि हँुदैछ । अहिलेको फुर्सदको समय फिल्म बनाउन छलफलमै उपयोग गर्दैछु । फिल्मभन्दा बाहिर छैन म ।

मेरो खेलकुद

स्कुले जीवनमा फुटबल लगायतका खेल मनोरन्जनका लागि खेल्थेँ । अहिले खेल्न रुचि छैन । हर्ने मात्र हो । हेर्न पनि फुटबल मनपर्छ । विश्वकप लगायत फुटवलका विभिन्न खेलहरु टीभीमा हेर्छु । क्रिकेटमा भने रुचि छैन ।

मेरो मोबाइल

अहिले मसँग तीनवटा मोबाइल छ । दुईवटा सिम्पल र एउटा विशेष । सबै मोबाइलमा फरक फरक सिम छन् । सिम्पल खालको मोवाइल फोनका लागि प्रयोग हुन्छ । एउटा चाँही फेसबुक, भाइबर लगायतका लागि मात्र हो । युट्युब पनि हेर्छु ।

मेरो टीभी

टीभी अत्यधिक हेर्छु । बिहान भ्याइँदैन । बेलुका सधँै टीभी हेर्छु । घरमा बसेको बेलामा दिउँसो पनि हेर्छु । टीभीमा धेरै हेर्ने भनेको समाचार र फिल्म हो । बेलुका सधैँ हिन्दी, अङ्ग्रेजी र नेपालीमध्ये एउटा फिल्म हेरेकै हुन्छु ।

मेरो चलचित्र

मेरो पेसा चलचित्र निर्माण । त्यसैले चलचित्र धेरै हेर्छु । हिन्दी, अङ्ग्रेजी, नेपाली सबै प्रकारका हेर्छु । हलमा गएर पनि हेर्छु । हलमा हेर्न नपाएको टीभी तथा युट्युबबाट हेर्छु । हलमा  फिल्म हेर्न बोलाउँछन् । राम्रो चलचित्र आएको समय टिकट काटेर पनि हेर्छु । युगदेखि युगसम्मबाट म फिल्म निर्माणमा होमिएको थिएँ । पछिल्लो मङ्गलम्सम्म आउँदा २३ चलचित्र बनाइसकेँ ।

मेरो रोग

पहिले केही रोग थिएन । अहिले केही वर्षयता सुगर, प्रेसर र कोलस्ट्रोल छ । यसका लागि नियमित औषधि खाइरहेको छु । मेरी आमा ९६ वर्षकी छिन् । उहाँलाई सुगर र प्रेसर छ । बुबा पनि प्रेसरबाट बित्नु भएको हो । विगत ५, ७ वर्षदेखि म यी रोगबाट पीडित भएँ ।

मेरो भाषाशैली

नेपाली भाषा नै ठीक लाग्छ । म सीधा कुरा गर्न रुचाउँछु । अरूले पनि घुमाएर कुरा गरेको, पछाडि कुरा गरेको मन पर्दैन । कतिपयले अलिकति पढेको छु भन्दैमा जुनपायो त्यही ठाउँमा अङ्ग्रेजी छाँट्छन् । मलाई त्यो प्रवृत्ति मनपर्दैन । अङ्ग्रेजी बोल्ने ठाउँमा बोल्नुपर्छ । जहाँ पायो त्यही, आफूसँग हिँड्ने साथीहरूसँग  बोलेर स्मार्ट बन्न खाज्ने व्यक्ति मनपर्दैन । आवश्यकबाहेक अन्य समय नेपाली नै बोल्नुपर्छ जस्तो लाग्छ मलाई । नेपाली हाम्रो राष्ट्रिय भाषा पनि हो ।

मेरो मापसे

मापसेको कुरै नगरौँ । पहिले धेरै गर्थें । अहिले उमेर बढ्दै गए अनुसार घटाएर लगेको छु । आफूसँगैको साथी निर्देशन शिव रेग्मीजी रक्सीबाटै बित्नुभयो । केशव भट्टराई पनि रक्सीबाटै बित्नुभयो । त्यसैले अहिले अलिअलि डर लाग्छ । तर साथीभाइसँग जमघटमा धेरै समय बिताएको बेला  मापसे धेरै गरिँदो रहेछ । नत्र रक्सी डेढदेखि दुई प्याक मात्र खान्छु । पहिले जस्तो अचेल साथीभाइको जमघट कार्यक्रममा पनि जाँदिनँ ।

रक्सी यही भन्ने छैन । मनपर्ने ह्विस्की हो । पाएसँग विदेशी खान्छु । नत्र वल्ड दरबार र खुकुरी मनपर्छ । जाडोमा विशेष गरेर खुकुरी रम नै खान्छु । घरमा बार बनाएको छैन । तर रक्सी थुपारेर राखेको छु । हेर्दा बार जस्तै छ । त्यसरी सजाएर आफैलाई खान राखेको हो ।

मेरो गीतसङ्गीत

गीतसङ्गीत धेरै सुन्छु । बिहान, दिउँसो, बेलुका जुनै समय पनि सुन्छु । मलाई नेपाली र हिन्दी पुराना गीतहरु धेरै मनपर्छ । हिन्दीमा किशोर कुमार, लतामङ्गेस्कर लगायतका गीत नियमित सुन्छु । बेलुका सधैँ सानो साउन्ड बनाएर राजेश खन्नाको पालाका गीतहरु नियमित सुन्छु । नेपालीमा भने नारायण गोपाल लगायत पुराना गायकको मीठासपूर्ण गीतहरु सुन्छु ।

मेरो पेसा

२०४० सालबाट म चलचित्र उद्योगमा नियमित छु । इटहरीमा अफिस खोलेर हिन्दी फिल्मको वितरकबाट म यो क्षेत्रमा आबद्ध भएको थिएँ । २०४६ सालबाट भने नेपाली फिल्म पनि बनाउनु पर्छ भन्ने लागेर निर्माणमा होमिएँ ।

मेरो निर्माणको पहिलो फिल्म युगदेखि युगसम्म हो । यो फिल्म २०४७ मा रिलिज भएको थियो । यो राजेश हमालको पनि पहिलो थियो । द्वन्द्व निर्देशक राजेन्द्र खड्गीको पनि यो पहिलो थियो । मेरो पछिल्लो फिल्म मङ्गलम् हो । अहिलेसम्म २३ वटा फिल्म निर्माण गरिसकेँ । जीवनको ३६ वर्ष मैले चलचित्र क्षेत्रमा बिताएँ । फिल्मसम्बन्धी विभिन्न सङ्घसंस्थामा रहेर काम गरेको छु ।

मेरो दुःख  

जीवन सङ्घर्ष नै सङ्घर्षले भरिएको छ । सङ्घर्षको समय दुःख पनि आउँछ सुख पनि । यसमा अलमलिनु हँुदैन । मलाई लाग्छ दुःख, सुख क्षणिक हुन् । मैले अहिलेसम्म २३ वटा फिल्म बनाएँ । एउटा बनाउन पनि त्यतिकै दुःख, रमाइलो हुन्छ । धेरै बनाउन पनि त्यतिकै ।

किनभने एउटा बनायो बनाउने बेला धेरै दुःख हुन्छ । त्यो फिल्म जब तयार भएर रिलिज हुन्छ, दर्शकसँगै हामी पनि फिल्म हेर्छाैं । फिल्म हेर्दा दर्शकले ताली ठोकेपछि, फिल्मबाट राम्रो प्रतिक्रिया आएपछि सबै दुःख बिर्सिन्छु । फेरि अर्को फिल्मको काम सुरु हुन्छ । यो काम निरन्तर हुन्छ । दिनपछि रात र रातपछि दिनभने जस्तै सुख, दुःख दुवै आउँछ र जान्छ । मिहिनेत गरेर बनाएको फिल्ममा दर्शकको प्रतिक्रिया राम्रो आएन भने केही दुःख लाग्छ । दुःख गरेको फल खाँदा सुखद् अनुभूति हुँदो रहेछ ।         

गिताञ्जलीको मृत्युको दुई वर्ष पछाडि ०५७ को अत्यतिर रेखा थापासँग भेट भयो । हिरो भन्ने फिल्ममा काम गर्ने सिलसिलामा उनीसँग भेट भएको थियो । धेरै कामसँगै गर्दै गएपछि मायाप्रेम बस्यो । केही वर्ष हामीसँगै बितायौ । विवाह त भएको थिएन । तर पनि असमझदारी बढेपछि छोडपत्र डिबोर्स गरिदिएँ ।

मेरो प्रेम

प्रेम धेरै गरियो । पहिलो पत्नीदेखि अन्तिम पत्नीसँग मैले प्रेम विवाह नै गरे । २०३८ तिर म बनारस पढ्न गएको थिएँ । पहिलो पत्नी हेमासँग त्यहीँ भेट भएको थियो । उनीसँग पहिलो प्रेम विवाह गरेँ ।

दोस्रो पत्नी गिताञ्जली थिइन् । उनीसँग पनि प्रेम विवाह गरेको थिएँ २०५० सालमा । उनलाई लिएर नाता भन्ने फिल्म बनाएको थिएँ । उनी त्यसको हिरोइन थिइन् । काम गर्ने सिलसिलामा प्रेम बस्यो विवाह पनि गरेँ ।

गिताञ्जलीको मृत्युको दुई वर्ष पछाडि ०५७ को अत्यतिर रेखा थापासँग भेट भयो । हिरो भन्ने फिल्ममा काम गर्ने सिलसिलामा उनीसँग भेट भएको थियो । धेरै कामसँगै गर्दै गएपछि मायाप्रेम बस्यो । केही वर्ष हामीसँगै बितायौ । विवाह त भएको थिएन । तर पनि असमझदारी बढेपछि छोडपत्र डिबोर्स गरिदिएँ ।

पछिल्लो समय शिल्पा पोखरेलसँग प्रेम थियो । अहिले त्यो पनि टुटेको छ । शिल्पासँग ०६९ तिर भेट भएको हो ।  त्यो समय म लोफर भन्ने फिल्म बनाउँदै थिए । सोही समय भेट भयो । पछि फिल्म बनाउने भएभने भेटौँला भनेर पठाए ।

लज्जा बनाउने बेलासँगै काम गर्यौँ । सँगै तीन फिल्म गरियो । काम गर्ने दौरानमा प्रेम भयो र केही वर्षको पे्रमपछि विवाह गरियो । त्यो प्रेमको उतार चढाव केही पहिले मिडियामा आएकै विषय हो ।

म धेरै रोमान्टिक त छैन । दर्शक तथा मेरो फ्यान, सहकर्मीले छविले ४ पत्नी विवाह गर्यो भनेर भन्नु हुन्छ । सबैले बुझ्ने कुरा के छ भने छवि ओझाले एकै पटक ४ वटा केटीसँग लभ गरेको हैन । एकपछि अर्काे गर्दै ४ पत्नी भएकी हुन् । एकसँग छुटेपछि मात्र अर्की भित्र्याएको हो ।

शिल्पापछि म कसैको पनि प्रेममा छैन । अहिले नितान्त एक्लै छु । मेरो जीवनमा प्रेम विवाहमा धेरै धोका भयो । अब त्यसतिर सोच्दिनँ । प्रेम गर्दासम्म ठीक छ, घरमा ल्याएपछि कुरै मिल्दैन । खै के हो, के हो ?

मेरो भूल

फिल्म बनाएजस्तो प्रेम धेरै गरेँ । ४ वटा श्रीमती भयो । त्यो नै जीवनको भूल थियो ।

मेरो सपना

मेरो सपना फिल्म क्षेत्रभन्दा बाहिर केही छैन । काठमाडौँ र धरानमा एक एक हल बनाउने अहिले सपना छ  ।

मेरो राशि

मेरो राशि मिथुन हो । ग्रहदशामा विश्वास लाग्छ । फिल्मको नाम राख्दादेखि मुर्हूत गर्दासम्म हेराउने गरेको छु ।

मेरो मृत्यु

अन्तिम सत्य हो । म राति सुत्दा जहिले पनि म मरे भनेर सम्झिन्छु । जब बिहान उठ्दा आँखा खुल्यो भने लाग्छ म बाँचेछु ।

म हरेक दिन मर्छु । हरेक दिन बाँच्छु । मृत्युसँग डर छैन । एक दिन मर्नु नै पर्छ । योसँग केको डर । जे लेखेको छ त्यही हुन्छ ।

    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप