शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रेस रिभ्यू : आईएनजीओमार्फत आतंकवादी लगानी ! श्रेष्ठले बिर्से बाचा, बामदेव अडानमै

शनिबार, १९ पुस २०७६, ०७ : १९
शनिबार, १९ पुस २०७६

आज पुस १९ गते शनिबार प्रकाशित मुख्य दैनिक पत्रिकामा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सचिवालयका निर्णय, नेपालका लागि चिनियाँ राजदूतको भनाइ एवं समसामयिक विषयलाई प्राथमिकता दिँदै समाचारहरु प्रकाशित भएका छन् । 

कन्तिपुर दैनिकमा प्रकाशित समाचारअनुसार नेपालमा क्रियाशील केही अन्तर्राष्ट्रिय गैरसरकारी संस्था(आईएनजीओ) र त्यसमार्फत परिचालित गैरसरकारी संस्था(एनजीओ)मा आतंकवादी तथा विखण्डनकारी संगठनबाट लगानी भित्रिएको आशंका गर्दै त्यसको सुक्ष्म अनुसन्धान गर्न जाँचबुझ आयोगको सुझाव दिइएको छ । सरकारद्वारा गठित एक आयोगले लगानीको पारदर्शीता यकिन नभई आईएनजीओलाई ‘कार्य स्वीकृति’ नदिन पनि सिफारिस गरेको छ । एक वर्षअघि बुझाइउको प्रतिवेदन सरकारले सार्वजनिक भने गरेको छैन ।

मन्त्रिपरिषद् बैठकले २)७५ साउन १८ मा ‘सामान्य कल्याण परिषद्मा भएका आर्थिकलगायत अन्य अनियमितताका सम्बन्धमा छानबिन गर्न’ पूर्वन्यायाधीश मोहनरमण भट्टराईको अध्यक्षतामा पद्मप्रसाद खतिवडा, प्रदीप पोखरेल, फूलमति चौधरी र वीरबहादुर राई (सदस्य सचिव) रहेको ५ सदस्यीय  आयोग गठन गरेको थियो । त्यही वर्ष भदौ २१ मा आयोगको कार्यक्षेत्र बढाउँदै मन्त्रिपरिषद्ले आईएनजीओमाथि निगरानी र नियमनलाई अझ प्रभावकारी बनाउन समाज कल्याण परिषद्कै पुनः संरचना सम्बन्धमा समेत अध्ययनको जिम्मा दिएको थियो । प्रतिवेदन २०७५ मंसिर २६ मा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको थियो । प्रतिवेदन बुझ्दै ओलीले राष्ट्र हितविपरीत गतिविधि गर्नेलाई कडाइका साथ रोक्ने प्रतिबद्धता जनाएका थिए ।
 
स्रोतअनुसार आयोगले अतिवादी इस्लामिक संगठनहरु इस्लामिक स्टेट अफ इराक एन्ड सिरिया(आईएसआईएस), अलकायदालगायतको लगानी हुनसक्ने भनेर उल्लेख गरेकाले प्रतिवेदन सरकारले सार्वजनिक नगरको हो । प्रतिवेदनमा भनिएको छ, ‘आईएनजीओमाफर्पत भित्रिएको रकमको स्रोत आईएसआईएस, अलकायदा वा अन्य कुनै आतंकवादी संगठनसँग जोडिएका हुन सक्छन्, त्यसतर्फ ध्यान जान जरुरी देखिन्छ । अन्यथा त्यस्ता अभिष्टबाट आएका परियोजनाले नेपाली भूभागमा धार्मिक, जातीय वा साम्प्रदायिक भड्काव फैलाउन र राज्यलाई खिण्डनतिर धकेल्न सक्ने खतरा हुनसक्छ ।’ 

श्रेष्ठले बिर्से बाँचा

संविधान संशोधनबाट प्रधानमन्त्री बन्ने बाटो नखोलिने भएपछि नेकपाका नेता बामदेव गौतम राष्ट्रियसभा नजाने अडानमै रहेको तर चुनाव हारेपछि यो कार्यकालभर संसद् नजाने भनेका नारायणकाजी श्रेष्ठ भने ‘पार्टीको आवश्यकता’ भन्दै सांसद बन्न तयार भएका छन् । 

‘गौम गएनन्, श्रेष्ठले बिर्से बाचा’ शीर्षकमा लेखिएको कान्तिपुरमा प्रकाशिति मुख्य समाचारका अनुसार राष्ट्रियसभा सदस्य उम्मेदवार छान्न शुक्रबार बिहान नेकपा सचिवालय बैठकमा गरगर्मी बहस चल्यो । आकांक्षी करिब डेढ सयको नाम एकातिर थियो, सचिवालय बैठकको निर्णय अर्कोतिर । बैठक पार्टीका प्रस्तावित उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ राष्ट्रियसभा सदस्य बन्ने हो या नबन्नेमै केन्द्रित थियो ।

उनीहरुका विषयमा छिनोफानो भएपछि मात्र, बल्ल नेकपाले अन्य व्यक्तिको छलफल चलायो । सो बैठकमा  गौतमले राष्ट्रियसभा र प्रतिनिधिसभासम्बन्धी संवैधिक दृष्टिकोण एउटै भए मात्र आफू राष्ट्रियसभामा जाने बताए थिए । शुक्रबार नारायणकाजी श्रेष्ठले आफैंले सचिवालय बैठकको निर्णय सार्वजनिक गर्दै गण्डकी प्रदेशबाट राष्ट्रियसभा सदस्याका लागि उम्मेदवार बन्ने घोषणा गरे । आफ्नै निर्णयविपरित राष्ट्रियसभा सदस्य बन्नुपर्ने त्यस्तो के आईलाग्यो भन्ने प्रश्नमा उनले भने,‘त्यतिखेर मैले प्रतिनिधिसभाको सदस्य बन्दिन भनेको मात्रै हो, राष्ट्रियसभामा जान्न भनेको थिइनँ ।’ 

नेतृत्वतिर फौजी महिला

नयाँ पत्रिकाकाअनुसार नेपाल प्रहरीमा विशिष्ट श्रेणीमा पुग्न महिलालाई ६३ वर्ष लाग्यो । गत वर्ष प्राविधिक सेवा(स्वास्थ्य)बाट डा.दुर्गा थापाले प्रहरीको पहिलो एआईजीको रेकर्ड आफ्नो नाममा लेखाइन । तर, प्रहरीका उच्च पदमा पुग्न वर्षौ कुनुपर्ने अवस्था छैन । डा थापाको आवकाश लगतै प्रहरीले दोस्रो महिला एआईजी पाउँदै छ । केही दिनअघि मात्रै डिआईजी डा आशा सिंहलाई एआईजीमा बढुवाका लागि सिफारिस गरिएको छ । प्राविधिकमात्र होइन, प्रकाशनतर्फका उच्च पदमा पनि महिलाको संख्या बढीरहेको छ । हाल नेपाल प्रहरीमा चारजना महिला एसएसपी छन् । 

नेपाल प्रहरीमात्र होइन, नेपाली सेना र सशस्त्र प्रहरी बलमा पनि महिलाको सहभागिता उल्लेख्यरुमपा बढ्दै छ । सेनाको इतिहासमै पहिलोपटक गत वर्ष मेजर सुलोचना पौडेलले स्टाफ कलेज उत्तीर्ण गरिन् । नेतृत्व तहमा पुग्न सेनाभित्र स्टाफ एन्ड कमान्ड कोर्स अनिवार्य मानिन्छ । सशस्त्र प्रहरीमा पनि सिनियर पदमा महिलाको संख्या बढेको छ । सेनामा ०१६ देखि नै महिला भर्ना लिन थालिएको हो । तर, ०४६ पछि मात्र संख्या बढ्यो । ०६१ भन्दा पहिलो प्राविधिक सेवामात्र महिलालाई लिइन्थ्यो । 

त्यसैगरी नेपाल प्रहरीमा पहिलोपटक महिला भर्ना ००८ देखि सुरु भएको थियो । २०४० मा खुला प्रतिस्पर्धाबाट पहिलोपटक इन्स्पेक्टरमा महिला भर्ना भए । अहिलेकी एसएसपी पूजा सिंह त्यतिबेला भर्ना भएकी एक्ली महिला हुन् । उता २०५८ मा गठन भएको सशसत्र प्रहरीमा सुरुदेखि नै महिला सहभागीता थियो । इन्स्पेक्टरमा भर्ना २०६० देखि थालिएको थियो । 

समाचारका अनुसार हाल नेपाली सेनामा ५ हजार ६२, नेपाल प्रहरीमा ६ हजार ६३४ र सशस्त्रमा २ हजार ९३३ जना महिला गरी १४ हजार ६२९ जना महिला फैजमा सहभागी भएका छन् । 

एमसीसीमा नेपाल स्वतन्त्र छ : चीन

अन्नपूर्ण पोस्टले चिनियाँ राजदूत होउ यान्छीले अमेरिकाको मिलिनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी)बाट सहयोग लिने–नलिने भन्नेमा नेपाल आफैंले निर्णय लिनुपर्ने बताएको समाचारलाई मुख्य समाचार बनाएको छ । समाचारअनुसार नेपालले चीन वा अन्य कुनै एक मुलुकसँगमात्र होइन, हरेक मित्रसँग सहकार्य गरेर आफूलाई माथि लैजान सक्छ । त्यही क्रममा अमेरिककाको सहयोग पनि नेपालीले लिन सक्छ । तर, त्यो नेपालको हितमा हुनुपर्छ । त्यस्ता विषयमा नेपाल स्वतन्त्र छ,’ चिनियाँ दूतावासमा आयोजित पत्रकार सम्मेलनमा होउले भनिन् । 

यो समाचारलाई आज प्रकाशित मुख्य दैनिक पत्रिकाले प्राथमिकताका साथ प्रकाशित गरेका छन् । 

नागरिक दैनिकले मौसम परिवर्तन आएपछि कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात भएको समाचारलाई मुख्य समाचार बनाएको छ । समाचारका अनुसार हिमपात हुँदा भीमदत्त राजमार्गलगायतका सडक अवरुद्ध भएका छन् भने कतै सञ्चारसेवा पनि अवरुद्ध भएका छन् । चिसो अत्यधिक बढेपछि विद्यालय पनि बन्द गरिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप