तीन हप्तामा करिब डेढ लाख बालबालिका इदलिबबाट विस्थापितः यूनिसेफ

एजेन्सी । सिरियामा विगत तीन हप्तामा करिब डेढ लाख बालबालिका विस्थापित भएका छन् । सिरियाको इदलिब र वरपरका क्षेत्रमा जारी हिंसाका कारण एक लाख ४० हजारभन्दा बढी बालबालिका विस्थापित भएका संयुक्त राष्ट्र बाल कोष (यूनिसेफ) ले शुक्रबार जानकारी गराएको छ ।
‘द्वन्द्वग्रस्त सिरियाको उत्तरी क्षेत्रबाट अझै पनि दैनिक चार हजार ५०० का दरले बालबालिकाहरू विस्थापित भइरहेका छन् ।’ यूनिसेफका कार्यकारी निर्देशक हेनरिता फोरले बताए ।
यूनिसेफका अनुसार इदलिब र वरपरका क्षेत्रमा सरकार र इदलिबमा रहेका स्थानीय विपक्षी समूहबीच झडप हुँदा उनीहरू भाग्नुपर्ने बाध्यता यो नयाँ भने होइन । त्यहाँका बालबालिका पटक पटक सरकार र विपक्षी समूहबीच भएका द्वन्द्वमा उक्त क्षेत्र छोडेर आफ्ना अभिभावकसहित सुरक्षित क्षेत्रतर्फ भाग्ने गरेका छन् ।
विगत दुई हप्ताको अवधिमा दुई लाख ३५ हजारभन्दा बढी नागरिक इललिब क्षेत्रबाट बाहिरिएका राष्ट्रसंघले बताएको थियो । रूसको समर्थनप्राप्त सिरियाली राष्ट्रपति बसर अल असद पक्षको सुरक्षाकर्मीले विपक्षी समूहको प्रभाव रहेको इदलिब र वरपरका क्षेत्र सरकारको नियन्त्रणमा फर्काउन अन्तिम तथा निर्णायक कारबाही भन्दै मध्य डिसेम्बरदेखि हवाई आक्रमण सुरू गरेको थियो ।
असदको सत्तालाई रूस र इरानले हतियार तथा सैन्य सहयोग दिँदै आएको बताउने गरिएको छ । विश्व समुदायले इदलिबमा पिवक्षी समूहमाथि सरकारद्वारा गरिएका कारबाहीप्रति गम्भीर आलोचनापछि टर्की, रूस र इरानको पहलमा गत अगस्टमा भएको युद्धविरामको सहमतिलाई सिरियाली सत्ताधारी दलले भङ्ग गरेको राष्ट्रसंघले जनाएको छ ।
डिसेम्बर १९ देखि सुरू भएको पछिल्लो कारबाहीबाट सशस्त्र विद्रोहीको नियन्त्रणमा रहेका दर्जनौँ नगर र ग्रामिण क्षेत्रलाई नियन्त्रणमा लिन सफल भएका् छ भने झडपमा सयौँ सिरियाली नागरिकले ज्यान गुमाएका छन् । Photo: jagaran.com
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्यानमारमा भूकम्पमा परेर मर्नेको संख्या २,८८६ पुग्यो
-
पूर्वराजा ज्ञानेन्द्रप्रति प्रचण्डको टिप्पणी– हावालाई कमान्डर बनाएको छ, हेर बुद्धि !
-
गृहमन्त्रीले शुक्रबार राज्यव्यवस्था समितिमा तीनकुने घटनाबारे जानकारी गराउने
-
टोखाबाट चोरी भएको मोटरसाइकल भक्तपुरमा फेला
-
हामीले सरकार बनाउने र ढाल्ने खेलमा बढी समय दियौँ, अब वर्गतिर फर्किन्छौँ : प्रचण्ड
-
भ्रमणबाट नेपाल र थाइल्याण्डबिचको आपसी सम्बन्ध नयाँ उचाइमा: प्रधानमन्त्री ओली