केन्द्रीय संस्करण

कानूनमा टेकेर विकासलाई बाधक पुर्याउने काम भयो : मुख्यमन्त्री पोखरेल

personaccess_timeJan 03, 2020 chat_bubble_outline0
file photo

तुलसीपुर । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले विकासलाई पनि कानूनकै रुपमा कार्यान्वयन गर्नुपर्ने बताएका छन् । तुलसीपुर उपमहानगरपालिकाले शुक्रबार तुलसीपुरमा आयोजना गरेको ‘जिल्लाको विकास, सम्भावना र चुनौती’ कार्यक्रममा मुख्यमन्त्री पोख्रेलले संसद्बाट पारित भएको बजेट नै एउटा कानून हो भने । 

अहिले विभिन्न बहानामा विकासका कामहरु अवरुद्ध गर्ने कार्य भएको भन्दै यसले विकास र समृद्धिमा धक्का पुग्नेसमेत बताए ।। कानूनी तथा व्यावहारिक रुपमा मिल्ने कुरालाई मिलाएर विकास निर्माणको कामलाई तीव्रता दिनुपर्नेसमेत उनको भनाइ छ । 

व्यावहारिक पक्षलाई मिलाएर कानून कार्यान्वयन अगाडि बढाउनुपर्ने पोखरेलले बताए । “कानून संरक्षक हुनुपर्ने हो, तर त्यसलाई टेकेर विकासलाई बाधक पुर्याउने काम भएको छ”, उनले भने । 

अहिले दाङमा ढुङ्गाजन्य पदार्थ आपूर्ति नहुँदा समस्या भएको भन्दै यसलाई सहज बनाएर विकास निर्माणको कामलाई अघि बढाउनुपर्नेसमेत बताए ।

उनले पहिलो चौमासिकमा १५, दोस्रो चौमासिकमा ४० र बाँकी चार महिनामा विकास योजना पूरा गर्नुपर्ने बताए । अहिले कच्चापदार्थ उपलब्ध नभएको नाममा निर्माण व्यवसायीले विकास निर्माणको कामलाई ठप्प पार्ने गरेको भन्दै यसले विकासलाई ठूलो क्षति पु¥याउने बताए । 

त्यस अवसरमा अहिले तीन तहका सरकारको कानून बाँझिदा काम गर्न कठीनाइ भएको स्थानीय तहका प्रमुखहरुले बताएका थिए ।  त्यस अवसरमा दाङका सबै स्थानीय तहका प्रमुख तथा सम्पूर्ण सरकारी कार्यालयका प्रमुखहरुले विकास निर्माणका बारेमा अवगत गराएका थिए । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...