बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सभापति देउवालाई नेता संग्रौलाको सुझाव : गुटको होइन सिंगो पार्टीको नेता बन्नुस्

शुक्रबार, १८ पुस २०७६, २० : ४८
शुक्रबार, १८ पुस २०७६

मोरङ । नेपाली काँग्रेस महासमिति सदस्य एवं प्रदेश सभा सदस्य लोकप्रसाद संग्रौलाले काँग्रेसको केन्द्रीय नेतृत्वले एकलौटी काम गरेर बिभाजन निम्त्याएको आरोप लगाएका छन् ।

राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा नेपाली काँग्रेस मोरङले बयरबनमा आयोजना गरेको कार्यक्रममा नेता संग्रौलाले यस्तो बताएका हुन् ।

पार्टी सभापति देउवाले अहिलेको परिस्थितिलाई आत्मासाथ गर्नुपर्ने भन्दै उनले गुटगत राजनीतिलाई अन्त्य गरेर पार्टीलाई एकजुट बनाउँन सभापति देउवालाई सझाव दिए ।

 ‘पार्टी सभापति अव गुटको मात्र नेता नभई सिंगो पार्टीको नेता बन्नुपर्छ,’ संगौलाले भने ।

फरक प्रसंगमा उनले काँग्रेसको इतिहासमा कोइराला परिवारको योगदान चर्चा गर्दै कोइरालाहरु बिना काँग्रेस बाच्न सक्दैन भन्ने धारणा जनमानसमा रहेको दावी गरे । 

यसअघि कोइराला परिवारले काँग्रेस र मुलुककै नेतृत्व गरेर मुलुकको परिवर्तनमा गति दिएको भन्दै उनले अव कोइराला परिवारको उत्तराधिकारीका रुपमा डा.शेखर कोइराला उदाएको धारणा राखे । 

अहिले पार्टी आन्तरिक समस्यामा रुमलिएर ओझेल परेकोले अव कोइरालाकै नेतृत्वमा काँग्रेसले गति लिनसक्ने नेता संंग्रौलाको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप