सिप्रदीले ६ महिने निःशुल्क अटो इलेक्ट्रिसियन तालिम दिने

काठमाडौं– सिप्रदी ट्रेडिङले ६ महिने निःशुल्क अटो इलेक्ट्रिसियन तालिम दिने भएको छ । ट्रेडिङले हालै चौथो ब्याच ६ महिने निःशुल्क अटो इलेक्ट्रिसियन तालिम कार्यक्रम सञ्चालन गर्न लागेको हुँदा योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट दरखास्त आह्वान गरेको हो ।
यस ६ महिने तालिम सिप्रदीको तालिम केन्द्र काठमाडौँको चन्द्रागिरीमा हुनेछ भने तालिम अवधिभर तालिम भत्ताका साथै उत्कृष्ट एवं सफल प्रशिक्षार्थीहरुलाई सिप्रदीले नेपालभरि फैलिएका विभिन्न वर्कशपहरुमा रोजगारीको अवसरहरुमा प्राथमिकता दिइनेछ ।
उक्त कार्यक्रम अन्तर्गत १८ वर्ष पूरा भई २५ वर्ष ननाघेका १० जना अटोमोवाइल विषयमा टीएसएलसी उत्तीर्ण वा १० कक्षा उत्तीर्ण गरेको र राष्ट्रिय सिप परिक्षण समितिबाट अटोमोवाइल विषयमा लेभल वान–टु उत्तीर्ण गरेका इच्छुकलाई सहभागी हुन कम्पनिले आग्रह गरेको छ ।
दरखास्त बुझाउन अन्तिम मिति २०७६ पुस २९ गतेसम्म र दरखास्त बुझाउने स्थान सिप्रदीको केन्द्रीय कार्यालय तथा शाखा कार्यालयहरु रहेको सिप्रदीले जनाएको छ । यो निस्शुल्क तालिममा काठमाडौँ उपत्यका बाहिरका स्थानहरु नेपालगञ्ज, महेन्द्रनगर, दाङ, सुर्खेत, इटहरी, विर्तामोड, हेटौडा, विरगञ्ज, त्रिशुलीका प्रशिक्षार्थीहरुलाई विशेष ग्राहयता दिइने कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुने घटनाको असर : बल्खु क्षेत्रमा व्यापारीले लगाए सटर
-
जय राष्ट्रवादको नारा लगाएर बल्खुमा सुरु भयो राप्रपाको खबरदारी सभा
-
मधेस भगवान् राम र लक्ष्मणले ज्ञान आर्जन गरेको ठाउँ हो : प्रधानमन्त्री ओली
-
घरजग्गा कारोबार किन शिथिल ?
-
कांग्रेसका मुख्य भ्रातृ संस्थामा ‘टीके नेतृत्व’, निर्धारित समयमा महाधिवेशन नहुने निश्चित
-
आफ्ना तीन सन्तानका लागि सम्पत्तिको १ प्रतिशत मात्रै छाड्दैछन् बिल गेट्स