काठमाडौं सीटीसी मलमा ओपोको दोस्रो ठूलो कस्टमर केयर सर्भिस सेन्टर

काठमाडौं– विक्रिपछिको सेवामा उत्कृष्टता प्रदान गर्दैै आफ्ना उपभोक्तालाई अझ उत्कृष्ट अनुभव प्रदान गर्ने सोचका साथ ओपोले काठमाडौंमा आफ्नो दोस्रो कस्टमर केयर सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ ।
सीटीसी मल स्थित यो सेवा केन्द्र कम्पनीको काठमाडौंमा सञ्चालनमा ल्याइएको दोस्रा हो । नेपालमा विक्रि गरिएका ओपो फोन्सका लागि उत्कृष्ट विक्रि पछिको सेवा उपलब्ध गराउनु नयाँ सेवा केन्द्रको उद्देश्य हो ।
काठमाडौंको सुन्धारा स्थित सीटीसी मलको पाँचौँ तल्लामा यूनिट ६०६ र ६०६ एमा अवस्थित नयाँ सेवा केन्द्रले आईतबारदेखि शुक्रबार विहानको १० बजेदेखि बेलुकी ६ बजे सम्म उपभोक्तालाई मर्मत लगायत विक्रि पछिको सेवा उपलब्ध गराउने छ ।
उपभोक्ताको सहजताका लागि कम्पनीले टोल-फ्रि नम्बर १६६००१८८८८६ पनि सञ्चालनमा ल्याएको छ । ओपो मोबाइल सम्बन्धि आफ्ना समस्याका समाधान तथा जिज्ञासाको समाधान यस नम्बरबाट प्राप्त गर्न सकिन्छ । साथै, उपभोक्ताले आफ्ना समस्या तथा जिज्ञासाका लागि ९८०८१३०४१७ र ९८५१२१०६२३ मार्फतपनि सेवा केन्द्रमा सम्पर्क गर्न सक्नेछन् ।
कस्टमर केयर सर्भिस सेन्टरको समुद्घाटन ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओ र टेलीसेल प्रालिका प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार अग्रवालले संयुक्तरुपमा गरेका थिए ।
उद्घाटन समारोहमा बोल्दै ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबीले भने, ‘उपभोक्ताहरु हाम्रा उत्पादन मार्फत पूर्णरुपमा सन्तुष्ट होउन् भन्ने हाम्रो चाहना हो । उपभोक्ताको समग्र सन्तुष्टि हाम्रो प्रमुख लक्ष्य हो । तसर्थ, हामी उत्पादनको विक्रि संख्यामा मात्र केन्द्रित नभइ तिनको विक्रि पछिको सेवामा समेत उत्तिकै ध्यान दिने गर्छौं । काठमाडौंमा सञ्चालनमा ल्याइएको नयाँ सेवा केन्द्र मार्फत हामी आफ्ना उपभोक्ताको सन्तुष्टि र अनुभवमा थप उत्कृष्टता ल्याउन सक्षम हुने हाम्रो विश्वास छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चैत १५ गते काठमाडौँमा ठुलो सङ्ख्यामा आउन पर्सावासीलाई प्रचण्डको अपिल
-
सरकारले अपांगता भएका व्यक्तिलाई प्रयाप्त सेवा सुविधा दिन सकेनः देउवा
-
गणतन्त्र कि राजतन्त्र ? जनमतसङ्ग्रह गरौँ : विप्लव
-
धवलको नेतृत्वमा आन्दोलन परिचालन समिति गठन
-
रातिदेखि आइतबार साँझसम्म मौसम खराब हुने
-
छायाँनाथ रारा नगरपालिका पूर्व मेयरसहित ९ जनालाई सफाइ दिने विशेषको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन