उखु किसान र सरकारबीच वार्ता जारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले उखु किसानसँग छलफल गरिरहेका छन् । उद्योग मन्त्रालयमा भइरहेको वार्तामा चिनी उद्योगीलाई पनि बोलाएको छ ।
माघ ७ गतेभित्र सम्पूर्ण बक्यौता रकम दिनेगरि सम्झौता हुन लागेको मन्त्रालयले जनाएको छ । पुस १६ गते पनि वार्ता भएको थियो तर सो वार्तामा मन्त्री भट्टले मौखिक सहमति मात्र गरेका थिए । लिखित सहमति नभएसम्म आन्दोलन स्थगित नगर्ने उखु किसानले भनेपछि मन्त्रीले आज लिखित सहमति गर्न लागेको आन्दोलनका अगुवा राकेश मिश्रले बताए ।
उद्योगमन्त्री भट्टले आगामी माघ ६ गतेभित्रै मिल मालिकहरुबाट उखु किसानहरुको भुक्तानी गराईनेबारे लिखित सहमति गर्ने प्रतिबद्धता जनाएका छन् । मन्त्री भट्टले उखु किसानहरुको मागप्रति सरकार सुरुदेखि नै सकारात्मक र गम्भिर रहेको बताउँदै आगामी माघको पहिलो साताभित्रै सबै भुक्तानी दिलाउनेगरि लिखित रुपमै सहमति गर्ने बताए ।
यही पुसभित्र ८० प्रतिशत र बाँकी २० प्रतिशत माघको पहिलो सातासम्म भुक्तानी गराइसकिने विश्वास दिलाएका हुन् । उनले भने, ‘सरकारको तर्फबाट म चिनी मालिकसँग किसानहरुको बाँकी भुक्तानी उठाइदिने प्रतिबद्धता व्यक्त गर्दछु । सरकारले नै अब किसानहरुको भुक्तानी उठाइदिने जिम्मेवारी लिएको छ ।’
उनका अनुसार १३ वटामध्ये तीनवटा चिनी मिलले किसानहरुलाई भुक्तानी दिन बाँकी रहेका छन् । उनले भने, ‘उखु किसानहरुको माग र समस्याको दीर्घकालीन समाधान गर्न हामी आजै एउटा कार्यदल गठन गर्छौं । र त्यो कार्यदलले १५ दिनभित्र प्रतिवदन दिनेछ । त्यो प्रतिवेदन आएपछि हामी त्यही अनुसार अघि बढ्छौं । अब उखु किसानहरुलाई दिइने हरेक अनुदान किसानकै खातामा हालिदिने व्यवस्था पनि गर्छौं ।’
मन्त्री भट्टले नेपालमा २ लाख ४० हजार मेट्रिकटक चिनी चाहिने आवश्यकत्ता औंल्याए । उनले भने, ‘तर, अहिले एक लाख ७५ हजार मेट्रिक टन उत्पादन हुन्छ । हामीलाई अझै ६५ हजार अभाव छ । सरकारले प्रति क्विन्टल ६५ रुपैयाँ २८ पैसा अनुदान दिएको छ ।’
कार्यक्रममा उखु किसान संघर्ष समितिका संयोजक राकेश मिश्रले विभागीय मन्त्रीबाटै आफूहरुको माग पूरा गराउने प्रतिबद्धता आएको भन्दै खुशी व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सञ्चो’ कम्पनीमा २८ करोड क्षति : पुनः सञ्चालन सम्भव छ ?
-
हरेक दिन २० पुस-अप गर्नुहोस्, पाउनुहुनेछ ५ परिवर्तन
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
कंगोको राजधानीमा मुसलधारे वर्षाका कारण ३० जनाको मृत्यु
-
छ वर्षपछि उत्तर कोरियामा प्योङयाङ म्याराथन, विदेशीहरूको पनि सहभागिता
-
गर्मीमा हरेक दिन एक टुक्रा काँचो प्याज खानुका ७ फाइदा