मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

१२ केजी गाँजासहित ५ जना पक्राउ

शुक्रबार, १८ पुस २०७६, १५ : ३३
शुक्रबार, १८ पुस २०७६

बारा । प्रहरीले १२ केजी गाँजासहित ५ जना पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक विकास थपलियाको नेतृत्वमा रहेको प्रहरीले १ पुरुष र ४ महिलालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा महोत्तरीकी ममता कार्की, धनुषाका बिलट महतो, पर्साकी विमला विक, सोही स्थानकी पलटी माझी र रमियाँ चौधरी रहेका छन् । 

ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले ना.५ ख ६६१९ नम्बरको पोखराबाट जनकपुर चल्ने बस जाँच गर्ने क्रममा झोलामा ल्याउँदै गरेको करिब १२ केजी लागूऔषध गाँजा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुलाई बारा जिल्ला अदालतमा पेश गरी १० दिनको म्याद थप गरी लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसार अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप