राष्ट्रिय अनुसन्धान विभागले माग्यो २३२ सहायक सूचक, एसएलसी पासले पनि आवेदन दिनसक्ने

राष्ट्रिय अनुसन्धान विभागले २३२ सहायक सूचकको लागि आवेदन माग गरेको छ । विभिन्न क्षेत्रमा भएका गतिविधिबारेमा गोप्य रुपमा सूचना लिनका लागि ती सूचकहरु नियुक्त गर्न लागिएको विभागले जनाएको छ ।
विभागद्वारा शुक्रबार गोरखापत्रमा प्रकाशित विज्ञापनका अनुसार विभागमा रिक्त रहेको सहायक सूचक (राजपत्र अनंकित चतुर्थ श्रेणी सरह) को लागि खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधानअनुसार पदपूर्ति गर्न लागिएको जनाइएको छ ।
जसमा खुल्लाबाट १२८ र समावेशीबाट १०४ जना माग गरेको छ । समावेशीअन्र्तगत आदिवासी जनजाति ३३, मधेशी २९, महिला २०, दलित १५ र पिछडिएका क्षेत्रबाट ५ गरी १०४ जना नियुक्त गरिने विज्ञापनमा जनाइएको छ ।
सूचना प्रकाशित भएको ३० दिनभित्र अर्थात आउँदो माघ १९ गते सम्ममा आवेदन दरखास्त दर्ता गरिसक्नुपर्ने हुन्छ ।
विज्ञापनमा १८ वर्ष पूरा भएको र २५ वर्ष ननाघेको हुनुपर्ने जनाइएको छ । यस्तै कम्तीमा एसएलसी वा एसईई पास गरेको वा सो सरहको प्रमाणपत्र प्राप्त गरेको व्यक्तिले पनि आवेदन दिनसक्ने बताइएको छ ।
दरखास्त फारम राष्ट्रिय अनुसन्धान विभागको वेबसाइट www.nidept.gov.np मा गएर login गरी व्यक्तिगत विवरण साथै आवश्यक कागजातहरुसहित अनलाइन प्रणालीबाट भर्न सकिने विभागले जनाएको छ ।
सहायक सूचक पदको लागि १५० रुपैयाँ परीक्षा दरखास्त शुल्क (राजश्व) तिनुपर्ने हुन्छ । परीक्षा शुल्क नेपालभरका राष्ट्रि वाणिज्य बैङ्कका जुनसुकै शाखाबाट बुझाउन सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
४१ प्रतिक्रिया
भर्खरै
-
फ्रेडरिक मर्ज जर्मनीको चान्सलर बन्ने प्रबल संभावना
-
बुण्डेस लिगामा बायर्नको शानदार जित
-
ला लिगा : लयमा फर्कियो रियाल मड्रिड, बार्सिलोना गोल अन्तरले अगाडि
-
प्रिमियर लिगमा लिभरपुलको सहज जित, घरेलु मैदानमै हार्यो म्यान्सिटी
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना
-
आर्थिक विकासका लागि ‘डिजिटल गभर्नेन्स’ अति आवश्यक