आजको सम्पादकीय : ऊर्जामन्त्रीले रोके स्वदेशी लगानी, जिम्मेवारीभन्दा प्रधानमन्त्रीको स्वाथ्योपचारमा ध्यान
आज प्रकाशित मुख्य दैनिक पत्रिकाले अर्थतन्त्रमा देखिएको शिथिलता, स्वदेशी लगानीकर्तालाई ऊर्जा क्षेत्रमा लगानी गर्न देखिएका समस्या, प्रधानमन्त्रीको कमजोर स्वास्थ्य अवस्थाका कारण प्रशासनिक क्षेत्रमा देखिएका अवरोध लगायतका विषयमा सम्पादकीय लेखेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले सत्ता सम्हाले लगतै दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्ने खुवै चर्चामा आएको भएपनि पछिल्लो समय सेलाएको र बजेटमै तोकिएको आर्थिक वृद्धिदर पनि नभेट्टाउने अवस्था देखिएको उल्लेख गर्दै कारोबार दैनिकले आर्थिक वृद्धिदरको लक्ष्य सच्याउन सुझाएको छ ।
‘आयात घटेर पाम आयलका कारणले थोरै मात्र निर्यात बढ्दा हौसिनुभन्दा आर्थिक गतिविधि खुम्चिँदै गएकोमा चिन्ता गर्नु उचित हुन्छ,’ सम्पादकीयमा भनिएको छ, ‘विश्व बैंकले सन् २०२० मा दक्षिण एसियाकै आर्थिक वृद्धि सुस्त रहने भन्दै नेपालको वृद्धि पनि ६.४ प्रतिशतमा रहने प्रक्षेपण गरिसकेको छ भने एसियाली विकास बैंकले सार्वजनिक गरेको नेपालको वृहत आर्थिक अवस्थाको अध्यावधिक प्रतिवेदनअनुसार २०२० मा ६.३ प्रतिशतमात्र आर्थिक वृद्धि हासिल हुने अनुमान छ । उनीहरुले मात्र होइन अर्थतन्त्रमा सुक्ष्म अध्ययन गरिरहेका अर्थशास्त्रीले पनि आर्थिक वृद्धिको लक्ष्य प्राप्त नहुने दाबी गरेका छन् । बजेट कार्यान्वयनको अध्यावधिक बेला सरकारले बुद्धिमत्तापूर्ण ढंगले आर्थिक वृद्धिको लक्ष्य सच्याउनु आवश्यक छ ।
अन्नपूर्ण पोस्ट्ले विद्युत् प्राधिकरण सञ्चालक समितिका अध्यक्ष तथा ऊर्जामन्त्री पुनको व्यावहार सरकारकै नीति विपरीत लगानीलाई कसरी खल्बल्याउने भन्नेतिर गएको हो कि भन्ने आशंका उत्पन्न गराएको उल्लेख गरेको छ । ऊर्जामन्त्री पुनले नियतवश नेपाली लगानी रोक्न खोजेका हुन् कि उनको ढंग नपुगेर हो यसमा प्रधानमन्त्री केपी शर्माले प्रत्यक्ष हस्तक्षेप गरी बाधा–अड्काउ फुकाउन जरुरी रहेको भन्दै ‘प्रधानमन्त्रीको हस्तक्षेप जरुरी’ शीर्षकमा अन्नपूर्णले सम्पादकीय लेखेको छ ।
सम्पादकीयमा भनिएको छ– ऊर्जामन्त्री पुनले स्वदेशी लगानीमा निर्माण हुन लागेका २५० मेगावाटका पाँच वटा आयोजना रोकेका छन्, विद्युत् प्राधिकरणको सञ्चालक समितिबाट पारित हुन नदिएर ।
उपकुलपति छनोटको मुख्यतः कुलपति रहेका प्रधानमन्त्रीको कार्यक्षेत्र भएपनि विश्वविद्यालयका उपकुलपति नियुक्ती हुन नसकेको उल्लेख गर्दै नयाँ पत्रिकाले ‘कुलपतिलाई बिसन्छो छ र ?’ शीर्षकमा सम्पादकीय लेखेको छ । ‘उपकुलपति नियुक्त नहुनको मुख्य कारण पनि प्रधानमन्त्रीकै कारणले हो भन्ने अनुमान लगाउन कठिन छैन,’ सम्पादकीयमा भनिएको छ, ‘प्रधानमन्त्री यस काममा किन निर्णय गर्न सकिरहेका छैनन् ? भन्ने प्रश्न उठिरहेको छ । उनी लामो समयदेखि बिरामी रहेका कारणले उनको मुख्य समय प्रधानमन्त्रीको जिम्मेवारीभन्दा आफ्नो स्वाथ्योपचारमा खर्च भइरहेको देखिन्छ ।’
आर्थिक अभियानले सरकारले सार्वजनिक खरिद नियमावलीको नवौं संशोधन गरेपछि रुग्ण २२ सय पूर्वाधार आयोजनाको ठप्प रहेको निर्माण अगाडि बढाउने अवसर प्राप्त भएको उल्लेख गर्दै ‘ठेकेदार कम्पनीका लागि अवसर’ शीर्षकमा सम्पादकीय लेखेको छ । सम्पादकीयमा भनिएको छ– सरकारले निर्माण कम्पनीहरुलाई कारबाही गर्नुपर्ने थियो । तर, उनीहरुको माग पूरा गरेर उसले निर्माण व्यवसायीको काँधमा जिम्मेवारी थमाइदिएको छ । अब निर्माण व्यवसायीले बदमासी गरे भने त्यो देशका लागि ठूलो धोका हुनेछ ।
कान्तिपुर दैनिकले २० लाख पर्यटक भित्र्याउने अनि पर्यटनलाई अर्थतन्त्रको एक प्रमुख आधार बनाउने महत्वकांषी लक्ष्य बेकेको नेपाल भ्रमण वर्ष २०२० ले निम्त्याएको चुनौतिका विषयमा सम्पादकीय लेखेको छ । ‘भ्रमण वर्ष ः चुनौतीका चाङ’ शीर्षकमा लेखिएको सम्पादकीयमा भनिएको छ– गन्तव्य भएरमात्र पुग्दैन, त्यसबारे पर्यटकले पर्याप्त जानकारी पाउनुपर्छ, सहज, सुलभ र सुरक्षित भ्रमण गर्ने वातारण बन्नुपर्छ ।
अंग्रेजी नयाँ वर्ष सन् २०२० को शुरुसँगै नेपालले भव्यरुपमा नेपाल भ्रमणवर्षको शुभारम्भ गरेको र यस राष्ट्रिय अभियानलाई सफल तुल्याउनुपर्नेमा जोड दिँदै आजको नेपाल समाचारपत्रले ‘भ्रमण वर्ष सफल पारौं’ शीर्षकमा सम्पादकीय लेखेको छ । सम्पादकीयमा भनिएको छ –हामी सबैले आ–आफ्नो स्तरबाट पर्यटन वर्षलाई सफल बनाउन लागिपर्नुपर्ने आवश्यकता छ । आ–आफ्नै ठाउँको प्रचार–प्रसार गरी पर्यटनमा टेवा पु¥याउनु हामी सबैको कर्तव्य हो ।
देशको कृषि क्षेत्रलाई सही बाटोमा लैजान नसकेको उल्लेख गर्दै नागरिक दैनिकले ‘कृषिमा लगानी बालुवामा पानी’ शीर्षकमा सम्पादकीय लेखेको छ । ‘हाल रहेको डरलाग्दो व्यापार घाटा सुधार्न, रोजगारीका अवसर सिर्जना गर्न र राष्ट्रिय अर्थतन्त्रमा कृषिको योगदान बढाउन कृषिलाई आत्मसात् गर्नुको विकल्प छैन,’ सम्पादकीयमा उल्लेख छ ।
त्रिभुवन विमानस्थल क्रमशः २१ सञ्चालनमा आउने भएपछि प्रारम्भिक यात्रुलाई लक्षित गरी सार्वजनिक रात्रिकालिन जीवन सुरु गर्नुपर्नेमा जोड दिँदै गोरखापत्रले ‘रात्रि सेवाको सान्दर्भिकता’ शीर्षकमा सम्पादकीय लेखेको छ । सम्पादकीयमा भनिएको छ– जीवनशैलीलाई क्रमश सार्वजनिक रात्रिकालीन बनाउन एकपक्षको निर्णयभन्दा पनि यातायात, सुविधा, सुरक्षा, व्यापार सुविधाको एकीकृत वातावरण तयार गरेर किनमेल दिउँसो मात्र हुनसक्छ भन्ने व्यापार संस्कृतिमा परिवर्तन गरी रात्रिकालीन सार्वजनिक जीवन स्थापना गर्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिथिलाञ्चलमा सामा चकेवा पर्व सुरु
-
३८३ वर्ष पुरानो कार्तिक नाच आजदेखि
-
पूर्वप्रधानमन्त्री चन्द भन्छन्– राष्ट्रपतिसहित सांस्कृतिक राजा आवश्यक छ
-
अमेरिकी राष्ट्रपति निर्वाचन : धेरै राज्यहरूमा मतदान समाप्त
-
स्पोर्टिङसँग सिटीको लज्जास्पद हार
-
कांग्रेस–एमाले उम्मेदवार छान्दै, माओवादी र नागरिक उन्मुक्ति भोट माग्दै